Shikhar Insurance

४ सय रूपैयाँले घट्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७९ आश्विन ११, मंगलवार ११:०५
NIMB
Nabil Bank

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावल सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यसैगरि, तेजावी सुन पनि प्रतितोला ४ सय रुपैयाँले घटेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन ९१ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्