Shikhar Insurance

एनएलजी इन्स्योरेन्समा फेरी सुनिल बल्लभ पन्त

सिंहदरबार संवाददाता
२०७९ आश्विन ११, मंगलवार १८:१९
NIMB
Nabil Bank

काठमाडौं । बीमा समितिले एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई दोहोर्याउने निर्णय सदर गरेको छ । गत हप्ता बसेको कम्पनी सञ्चालक समितिको बैठकले पन्तलाई पुनः सिईओ बनाउने निर्णय गरेको थियो । सञ्चालक समितिको सो निर्णयलाई बीमा समितिले मंगलबार सदर गरिदिएको हो । पन्तले आगामी चार वर्ष एनएलजीको सिईओ भएर पुनः नेतृत्व गर्नेछन् ।

२०७५ साल असोज १९ गते सिईओ पदमा नियुक्त भएका पन्तको कार्यकाल यही असोज १८ गतेबाट सकिँछ थियो । कार्यकाल बाँकी छदैँ दोहोरिने निर्णय गराउन सफल भएका पन्तको नयाँ कार्यकाल असोज १९ गतेबाट आरम्भ हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्