Shikhar Insurance

कुमारी बैंकद्वारा साढे १२ प्रतिशत लाभांश घोषणा, नगद र बोनश कति ?

सिंहदरबार संवाददाता
२०७९ आश्विन १४, शुक्रबार १२:४६
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंकले लगानीकर्तालाई १२.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको असोज १४ गते बसेको संचालक समितिको बैठकले सो लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लगानीकताई चुक्ता पुँजीको १२.५० प्रतिशत (कर प्रयोजन सहित) वितरण गर्ने घोषणा गरेको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ कायम छ । जसको १२.५० प्रतिशत अर्थात् १ अर्ब ८३ करोड ८८ लाख ९७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा बैंकले गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाद्वारा पारित भएर लगानीकर्तामा वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्