Shikhar Insurance

दशैँ बिदामा घुम्न जाने उपयुक्त १० आन्तरिक गन्तव्यहरु, तपाई कहाँ जाने ?

मिरा श्रेष्ठ
२०७९ आश्विन १५, शनिबार ११:००
NIMB
Nabil Bank

काठमाडौं । यस वर्षको दशै बिदा शुरु भइसकेको छ । अघिल्लो दशैहरमा भन्दा यस पटकको दशै बिदा २ दिन थप भएको छ । दशैँमा सरकारले तोकेका बिदा अघि र पछि सनिवारे बिदा परेको हुँदा दशैँबीचमा २ दिन बिदा थप भएको हो ।

सरकारी होस् या निजी क्षेत्रमा काम गर्नेहरुलाई दशैँको बिदा नै परिवार तथा साथीभाइसँग समय बिताउनेसँगै घुम्ने रमाउने मुख्य समय हो । यो समयमा साथीभाइ वा परिवारका सदस्यहरुसँग देश भित्रैका विभिन्न स्थानहरुमा घुम्न जाने योजना प्रायको हुन्छ । आन्तरिक पर्यटक वृद्धि हुने मुख्य सिजन भनेको पनि चाडपर्वकै समयमा हो । यसपटकको दशैं विदा २ दिन लम्बिएको हो । दशैं विदा २ दिन लम्बिएसँगै यसपटक दशैंमा घुम्नका लागि आन्तिरिक पर्यटक बढ्ने प्रष्ट छ ।

Citizen Life
Kumar Bank
Nepal Life

घुमफिर गर्नका लागि अहिले राम्रो समय भएकाले नेपालका विभिन्न गन्तब्य घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् । आन्तरिक रुपमा घुमफिरका लागि धेरैको रोजाइका गन्तब्यहरु पोखरा, मुक्तिनाथ जोमसोम, डोल्पा, रारा, खप्तड, सौराहा, चित्लाङ, नगरकोट, धुलिखेल, इलाम, लुम्बिनी, म्याग्दीको तातोपानी, आदि स्थलहरु पर्दछन् ।

पोखराः
घुम्ने भन्ने वित्तीकै नेपालको चर्चित ठाँउ पोखरा अग्रपंक्तिमा आउछ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको पोखरा परिवार तथा साथिभाईसँग घुमफिरका लागि धेरैको रोजाइमा पर्छ । काठमाडौं उपत्यका तथा देशको जुनसुकै कुनाबाट पनि सार्वजनिक यातायात अर्थात हावई दुवै माध्यमबाट जान सकिन्छ । काठमाडौंबाट ४/५ घण्टमा सजिलैसँग पोखरा पुग्न सकिन्छ ।

यहाँ नजिकै देखिने माछापुच्छ्रे हिमाल, तालतलैया,आकाशमा घुम्ने प्याराग्लाइडिङ र मठमन्दिर देखेर मनै रोमाञ्चित हुन्छ । क्षेत्रफको हिसाबले पोखरा सानै भए पनि यहाँ घुम्ने ठाँउहरु धेरै छ । यहाँको आकर्षण भनेको फेवाताल, बेगनास ताल, डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरी गुफा, सेतो दोभान र अन्तर्राष्ट्रिय पर्वतारोहण संग्रहालयलगायतका हुन् ।

सराङकोटबाट पोखरा सहर, फेवाताल, सेता हिमाल लगायतको दृश्यावलोकन गर्न पाइन्छ । सहासिक खेलमा रमाउनेका लागि सराङकोटबाट गरिने प्याराग्लाइडिङ र जिप फ्लायर पनि अर्को आकर्षण केन्द्र हो । यहाँ चडपर्वको समयमा मात्र होइन अन्य समयमा पनि घुम्न आउनेको पर्यटकहरुको भिड लाग्ने गर्छ ।

 

बन्दीपुर
दसैं बिदामा गएर परिवार तथा साथीभाईसँग मज्जाले रमाउन सकिने अर्को ठाँउ हो बन्दीपुर । तनहुँ जिल्लाको पुरानो बजार रहेको बन्दीपुरमा नेवार समुदायको बाहुल्यता रहेको छ । बन्दीपुरमा घुम्ने ठाउँ त्यति धेरै त छैनन् । तरपनि त्यहाँको आकर्षण भनेको प्राकृतिक दृश्यवलोकन नै हो ।
पुराना घरहरुलाई कलात्मक रुपमा सिंगारिएको बन्दीपुर शान्त भएकोले एकै ठाउँमा बसेर दृश्यवलोकन गर्दै दिन कटाउन सकिन्छ । बन्दीपुर मुग्लिनबाट पोखरा जाँदा पर्ने डुम्रे बजारबाट ८ किलोमिटरको दूरीमा छ । यहाँबाट गोरखाको पालुङटार, तनहुँको सुन्दर फाँटहरु, हिमाल लगायतका दृश्यहरु हेर्न पाइन्छ ।

इलाम
दशैंको बिदामा घुमघाम गर्नेका लागि अर्काे आकर्षण गन्तब्य हो इलाम । इलामको नागबेली डाँडामा चियाका बोटसँग लुकामारी खल्दै यहाँको सौन्दर्यको रमाउनुमा आनन्द नै बेग्लै हुन्छ । सार्वजनिक यातायातमार्फत सजिलैसँग इलाम पुग्न सकिन्छ । चिसो हावापानी, चिया वगानको हरियालीमा रमाउन इलाम रमणीय गन्तव्य हो ।

इलामको यात्राले थुम्का थुम्कामा लगाइएको चिया बगान र नागबेली सडकले पनि इलामको प्राकृतिक सुन्दरताको अभास गर्ने सकिन्छ । सूर्योदय दृश्यावलोकनको लागि नेपालमै प्रख्यात श्रीअन्तुदेखि जैविक विविधताले सम्पन्न माइपोखरी, कन्याम चियाबगान, सन्दकपुर तथा श्रीअन्तु पर्यटकका लागि चर्चित स्थान हुन् । यी स्थानको अवलोकनले इलाम घुमघाम सार्थक बनाइदिन्छ । दशैंको बेला इलामको मौसम सफा हुने भएकाले सबै दृश्यहरु प्रष्ट देख्न सकिन्छ ।

लुम्बिनी
गौतम बुद्धको जन्मस्थल लुम्बिनी । पछिल्लो समय घुमघामको मुख्य आकर्षणको केन्द्र बन्दै गइरहेको छ । लुम्बीनी प्रदेशको कपिलवस्तु जिल्लामा पर्ने यो गन्तव्यमा अन्तरिक तथा बाह्य पर्यटकहरु धेरै पुग्ने गरेको छ ।

यहाँ पुग्न यातायातको सहजता छ । बुद्धको जन्मस्थलदेखि यहाँ रहेका विभिन्न गुम्बाहरुले पर्यटकको मन लोभ्यउछ । विभिन्न देशरुहले बनाएका गुम्बामा गएर फोटो खिच्ने, सेल्फी खिच्ने तथा टिकटक बनाउने गर्दछ ।

यहाँको अर्को आकर्षण भनेको मोटरबोट हो । शान्ति दीप पछाडि रहेको केन्द्रीय नहरमा मोटरबोटिङ गर्न सकिन्छ । १.४ किलोमिटर लामो रहेको उक्त नहरमा बोटिङ गर्दा छुटै आनान्द लिन सकिन्छ ।

मुस्ताङ मुक्तिनाथ
प्राकृतिक सुन्दरता र शान्त वातावरण रहेको हिमालपारीको जिल्ला मुस्ताङको राजधानी हो जोमसोम । यहाँ जानका लागि सबैभन्दा आकर्षण गन्तव्य हो मुक्तिनाथ मन्दिर । यहाँ हरेक वर्ष लाखौं हिन्दु र बौद्धधर्मालम्बिहरु दर्शन गर्नका लागि आउने गर्दछ ।

निलो आकाश मुनिको सेतो हिमाललाई पृष्ठभुमिमा राखेर फेटो खिच्न, भिडीयो तथा टिकटक बनाउन अति नै राम्रो देखिन्छ ।
केही वर्ष पहिलेसम्म विदेशी पर्यटकको मात्र रोजाइमा पर्ने जोमसोम–मुक्तिनाथ पोखराबाट जोमसोम–मुक्तिनाथका लागि यातायात उपलब्ध हुन थालेपछि अहिले नेपालीहरुको रोजाइमा पनि पर्न थालेको छ ।

पछिल्लो समय मुक्तिनाथ मन्दिरमै सवारीसाधन पुग्छ । तर पनि यहाँ पैदल यात्रा गर्दा अझै रमाइलोसँग गन्तव्यमा पुग्न सकिन्छ । यहाँ एकल यात्राका लागि केही महँगो भए पनि विभिन्न ट्राभल कम्पनीहरुले दशैं बिदाको लागि जारी गरेको प्याकेज निकै सस्तो पर्दछ । मुक्तिनाथ पुगेपछि लोमान्थाङ पुग्नसके यात्राले अझै सार्थकता पाउँछ । मुक्तिनाथदेखि लोमान्थाङ जानलाई पैदल यात्रामा तीन दिनमा र जोमसोमदेखि जीपमा जाने हो भने एकै दिनमा पुग्न सकिन्छ ।

सौराहा
राजधानी काठमाडौंबाट सवारीसाधनमा ३.४ घण्ट सहज पुग्ने सकिने आकर्षण गन्तव्य हो सौराह । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा पर्यटनका लागि चर्चित रहेको छ । यहाँ वर्षेनी लाखौं आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउछन् ।

यहाँको मुख्य आकर्षण हात्ती र जिप सफारी हो । हात्ती तथा जीप सफारी गर्दा विभिन्न पशुपक्षिहरुः बाघ, गैंडा, अर्ना, जंगली हात्ती, घडियाल, चराचुरुङ्गी अवलोकन गर्न पाइन्छ ।

यस्तै, राप्ती र ढुंग्रे खोलामा गरिने बोटिङले अर्को मनोरञ्जन थप्छ । यसको अलवा यहाँ थारु संस्कृति समेत अवलोकन गर्न सकिन्छ । बेलुकीको सौराह बजार हिँड्न पनि रमाइलो हुन्छ । देशैभरी जताबाट आएपनि महेन्द्र राजमार्गको सौराह चोक झरेपछि त्यहाँ टाँगा र अटो चढेर पुग्न सकिन्छ । सौराहामा दसैंरतिहारलाई लक्षित गरेर होटल व्यवसायीहरुले आकर्षक प्याकेज समेत ल्याएका हुन्छन् ।

खप्तड राष्ट्रिय निकुञ्ज
खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीे हो । सुदूरपश्चिमकै भूस्वर्गको रुपमा रहेको खप्तड डोटी, अछाम, बझाङ र बाजुराको संगम स्थलमा हो । वैशाखदेखि असारसम्म यहाँका फाँटहरु रंगीचंगी फूलहरुले ढाकेर आकर्षित बनाएका हुन्छ ।

खप्तड क्षेत्रको मुख्य विशेषता भनेकै विशाल फाँटहरुमा फुल्ने फूलहरु हुन् । भने खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पड दह, शिव मन्दिर, सहस्रलिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरुले थप आकर्षित बनाएको छ । धनगढीबाट ७.८ घण्टाको बस यात्राबाट डोटीको सिलगढी पुगेपछि पैदल यात्रा शुरु हुन्छ । सिलगढीबाट यात्रा शुरु गरि २ दिनको यात्रा पछि खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ

स्वर्गद्वारी
स्वर्गद्वारी धार्मिक हिसाबले जति महत्व रहेको छ, प्राकृतिक सुन्दरता पनि त्यति नै भरिपूर्ण छ । यहा जहाज तथा बोलेरो जस्ता यतायतका साधानबाट जान सकिन्छ । स्वर्गद्वारीबाट ८ हजार मिटर भन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौं हिमश्रृंखला देख्न पाइन्छ ।

स्वर्गद्वारीको पसिरबाट धौलागिरि, नीलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेनलगाएत हिमश्रृंखला देखिन्छन । तर पनि प्राकृतिक सौन्दर्यले भन्दा धार्मिक कारणले स्वर्गद्वारी चर्चित छ । झट्ट हेर्दा नौवटा मन्दिर जस्तो देखिने स्वर्गद्वारीको मन्दिरमा यज्ञशाला भित्र पाञ्चायन देवदेवी, गणेश, सूर्य, विष्णु र शिवका मूर्तिहरु छन् ।

चार दिशाका कोठामा अग्निकुण्ड र बीचको यज्ञशालामा होम कार्य हुने गर्छ । स्वर्गद्वारीमा वटुकले पूजा, वेदपाठ, भागवत पाठ, हवन, रुद्राभिषेक गर्छन । स्वर्गद्वारीमा गाईको महत्व बढी मानिन्छ । स्वर्गद्वारीमा गुरुकुल विद्यालय छ । गुरुकुल विद्यालयमा वेद, रुद्री, चण्डी र व्याकरण पढाइन्छ ।

पाल्पा
काठमाडौंको नयाँ बसपार्कबाट सर्वजनिक यातायतमा करिब ७–८ घण्टामा यात्रापछि पुगिने अर्को रमाइलो ठाँउ हो पाल्पा । यस्तै प्लेनबाट भैरहवा ३५ मिनेटमा र त्यहाँ बाट २ घण्टामा तानसेन पुग्न सकिन्छ ।

ढाका टोपी, करुवा पाल्लाको मुख्य आकर्षणका बस्तु हुन् । यस्तै पाल्पामा पाइने चुकाउनीले पनि धेरैको जिब्रो रसाउन्छ ।
रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, राम्दी सुन गुफा, कालीगण्डकी, पाल्पाका प्रमुख पर्यटकीय स्थलहरू हुन् । यस्तै जिल्ला सदरमुकाम तानसेनमा प्राकृतिक सोन्दर्य निहाल्न सुन्दर भ्यू टावर पनि छ । पाल्पा पुग्नेले छुटाउन नै नहुने ठाउँ हो सदमुकाम मै रहेको ‘श्री नगर’ डाँडा । तानसेनबाट २० मिनेट हाईकिङ गर्दै पुग्न सकिने श्री नगरडाँडाबाट धौलागिरी, अन्नपूर्ण १, अन्नपूर्ण २, अन्नपूर्ण ३, माछापुच्छ्रे लागाएतका हिमालहरु देख्न सकिन्छ ।

मनाङ
मनाङ हिमालपरिको अर्थात हिमालभित्र रहेको जिल्लको रुपमा परिचीत रहेको छ । यो प्रकुतिक सुन्दरताले भरिपूर्ण जिल्ला हो । दशैँको विदामा परिवार तथा साथिभाईहरुसँग यहाको प्रकृतिक सुन्दरतामा रमाउन र पदयात्र गर्नेका लागि जान सकिन्छ । मनाङ पदयात्रीका लागि आकार्षणको केन्द्रि हो । मनाङ घुम्नका लागि यात्रा सजिलो त छैन । तर, पनि यहा तिलीचो ताल, थोरङला पास, अन्नपूर्ण पदमार्गको यात्रा गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्छ ।

मनाङमा देखिने हिमाल, हिमाली हावापानि, वातावरण, हिमाली भेगमा पाइने वन्यजन्तु यहाको आकर्षण हो । मनाङको जिवनशैली तिब्बतको संस्कृतिसँग मिल्छ । यहा बौद्धमार्गी प्रत्यक गाँउमा गुम्बा रहेको छ । मनाङ स्वादेशी तथा विदेशी पर्यटक/पदयात्रीको गन्तव्य, बहुमूल्य जडीबुटी, अपार जलस्रोतको धनी, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलीचो तालको संगम भएको जिल्ला हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्