Shikhar Insurance

सानिमा बैंकद्वारा १०.९८ प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ?

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ६, आईतवार १२:००
NIMB
Nabil Bank

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १०.९८ प्रतिशत लाभांश दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट सो लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

घोषित लाभांशमा मध्ये बैंकले सञ्चित नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनश सेयर र कर प्रयोजनको लागि ०.९८ प्रतिशत नगद लाभांश दिने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरी लगानीकर्तामा वितरण हुनेछ । हाल बैंकको चुक्ता पुँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँ कायम छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्