Shikhar Insurance

नबिल बैंकको नाफा ४१.३० प्रतिशतले बढेर पुग्यो १ अर्ब ५७ करोड

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ७, सोमबार ०६:४४
NIMB
Nabil Bank

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा बैंकले गत आवको सोही अवधीमा आर्जन गरेको भन्दा ४१.३० प्रतिशतले बढी हो । गत आवको पहिलो पहिलो त्रैमासिकमा नबिलले १ अर्ब ११ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

असोज मसान्त अवधीमा बैंकले ३ खर्ब ३४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ३ खर्ब ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ३ अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सो अवधीमा बैंकको वितरण योग्य नाफा भने २ अर्ब ९१ करोड रुपैयाँ रहेको देखिन्छ । असोज मसान्त अवधीमा बैंकको प्रति सेयर आम्दानी २७.५३ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २३३.२८ रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा अनुपात २.३३ प्रतिशत छ जुन गत आवको सोही अवधी भन्दा १.२० प्रतिशतले बढी हो । बैंकको आधार ब्याजदर ९.४५ प्रतिशत, स्प्रेड दर ४.०४ प्रतिशत र सीडी रेसियो ९०.३७ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्