Shikhar Insurance

नेपाल वेयर हाउजिङले १३ करोड ७५ लाखको आईपीओ जारी गर्ने

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २१, सोमबार १०:३७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले १३ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीको चौथो बार्षिक साधारण सभाले संस्थापकहरुबाट कूल पुजीको ८० प्रतिशत बराबरले हुने ५५ करोड पुँजी पुर्याई २० प्रतिशत बराबरको १३ करोड ७५ लाखको आईपीओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीले चालु आर्थिक वर्षभित्रै आईपीओ निष्काशन गरिसक्ने पनि जनाएको छ ।

कम्पनीले साइलो प्रबिधिबाट मकै, गौँ, भटमास लगायत ५५,००० मेट्रिक टन क्षमता बराबर भण्डारण सुबिधा, कृषी उपजहरुको बैज्ञानिक लिलाम व्यवस्थापन, वेयरहाउस रसिदको धितोमा विभिन्न बैंकहरुको सहकार्यमा ऋण सुबिधा तथा अनाज कन्टेनरको सेवा दिनेछ । कम्पनीले सुनसरी जिल्लाको औरबानी शाखा र कपिलबस्तु जिल्लाको चन्द्रौटा शाखामा १५००० मेट्रिक टन क्षमताका साइलो, पर्सा जिल्लाको बिरुवागुठी शाखामा २५००० मेट्रिक टन क्षमताका साइलो जडान गरिरहेको छ । तिनवटै पारियोजानाको अनुमानित लागत १ अर्ब ५० करोड छ, जसमा बाकी लगानी ५ वटा बैंकहरुबाट सहबित्तियकारणबाट जुटाईएको छ । औरबानी शाखाको संचालन यहि महिनाबाट भण्डारण सुरुवात गर्ने योजना कम्पनीको छ । साथै ६ महिना भित्र अन्य दुई परियोजना मार्फत सेवा प्रदान गर्ने लक्ष्य कम्पनीको छ । लगत्तै कम्पनीले धानको विभिन्न शाखाहरुबाट लिलाम बडाबडको सुरुवात गर्ने लक्ष्य समेत कम्पनीले लिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको भारतको सबैभन्दा ठुलो भण्डारण सुबिधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य रहेको छ । यसले देशमा अन्न सुरक्षा वृद्धि गरि देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान गर्ने लक्ष्य लिएको छ ।कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमवि बैंक, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टिएनआई, टिम भेन्चर्स, आध्यानता, अल्फा क्यापिटल लगायतको लगानी रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्