माओवादीका दर्जनौं कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २१, सोमबार ११:०१

चन्द्रपुर । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ का दर्जनौं नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रमा आएको वैचारिक विचलन, सांगठनिक अराजकता र नेतृत्वको निरंकुशताप्रति बिद्रोह गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसरी माओवादी केन्द्र परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुमा कृष्णबहादुर कार्की, डा. चेतेन्द्रकुमार सिंह, बलराम चापागाईं, मोहन कार्की, प्रेमलाल साह, मेघराज आचार्य, उपेन्द्र सहनी, रामएकवाल दाश, होसनारायण महतो र लालबाबु साह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्