Shikhar Insurance

एसियाली विकास बैंकले ओखर र फलफूलमा लगानी गर्दै

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २१, सोमबार १६:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइस बीच त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्झौताअनुसार, बैंकले साधारण पूँजी संशोधनबाट करिब ७ अर्ब ७९ करोड रुपैयाँ सहुलियत ऋण र एसियाली कोषबाट करिब १अर्ब ३० करोड रुपैयाँ अनुदान व्यहोर्ने छ ।

परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट १ अर्ब १७ करोड रुपैयाँ खर्च र नेपाल सरकारले करिब १ अर्ब ८८ करोड रुपैयाँ लगानी गर्नेछ ।

उक्त परियोजनाबाट प्रदेश नं १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन् । सम्झौता अनुसार, जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा १० हजार हेक्टरमा लगाइनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्