Shikhar Insurance

हुलाकका जागिरे सुब्बाले कमाए डेढ करोड, एक करोड १० लाखको भ्रष्टाचार मुद्धा

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २२, मंगलवार १७:३२
NIMB
Nabil Bank

काठमाडौं । हुलाकमा काम गर्ने सुब्बाले डेढ करोड रुपैयाँ कमाए भन्ने सुन्दा पत्याउनै मुस्किल पर्छ । तर बझाङ जिल्ला सुर्मा गाउँकार्यपालिकाको कार्यालय वझाङका नायव सुव्वा शिवराज उपाध्यायले हुलाकमा जागिर खाएर डेढ करोड रुपैयाँ कमाएको तथ्य खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ करोड कमाउने सुब्बा विरुद्धतत्काल जिल्ला हुलाक कार्यालय बझाङमा कार्यरत रहँदा एक करोड ५७ लाख रुपैयाँ कमाएकोमध्ये एक करोड १० लाख ६७ हजार ७ सय ३८ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै बिशेष अदालतमा मुद्धा दायर गरेको हो ।
सुब्बा उपाध्यायले २०५५ भदौ २५ देखी मिति २०७८ चैत ३० सम्मको सरकारी सेवामा काम गरेका थिए । सो अवधीमा उनको कुल आय ४८ लाख ९ सय ११ रुपैयाँ ७५ पैसा मात्रै हुन आउँछ ।
सुब्बा उपाध्यायले सो अवधीमा जग्गा खरिदमा, घर निर्माण, अध्ययन खर्च, कर्जाको साँवाब्याज भुक्तानी, बिमाको प्रिमियम भुक्तानी, विद्युतीय उपकरण खरिद, सुन खरिद सवारी साधन खरिद, र बैंक मौज्दातसमेत गरी एक करोड ५७ लाख ५ हजार एक सय ३४ रुपैयाँ २५ पैसा लगानी गरेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसरी १ करोड ९ लाख ४ हजार २ सय २२ रुपैयाँ ५० पैसा भ्रष्टाचार गरेको देखिएकाले अख्तियारले बिशेष अदालतमा मुद्धा हालेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्