Shikhar Insurance

मौद्रिक नीति समीक्षा चुनावपछि, चालु पुँजी कर्जा र ब्याजदरबारे यस्तो भन्छ-राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २३, बुधबार १२:२२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको मौद्रिक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव पछि मात्रै गर्ने भएको छ । केन्द्रीय बैंकले चुनाव समाप्त भए लगातै मंसिरको पहिलो साता नै त्रैमासिक समीक्षा सार्वजनिक गर्न गृहकार्य तिव्र बनाएको हो ।

गत साउन ६ गते सार्वजनिक मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मंसिरको पहिलो साता नै सार्वजनिक गर्ने गरी बाँकी तयारी शुरु भइसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. प्रकाश श्रेष्ठले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्नको लागि असोज महिनाको देशको आर्थिक तथा वित्तीय तथ्यांक आउनु पर्ने हुन्छ, अहिले हामी त्यो तथ्यांक सार्वजनिक गर्ने तयारीमा छौं,’ कार्यकारी निर्देशक श्रेष्ठले सिंहदरबारसँग भने, ‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव ४ गते नै भएको समीक्षा चुनाव पछि सकभर मंसिरको पहिलो साता नै सार्वजनिक हुन्छ, त्यसको लागि अब विभागीय छलफल सुरु हुन्छ ।’

पछिल्लो समय निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर घटाउन राष्ट्र बैंकले हस्तक्षेप गर्नु पर्ने माग गर्दै सडक आन्दोलन गरिरहेका छन् भने गत भदौदेखि लागू भएको चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन, २०७९ का केही बुँदा संसोधनको माग गरिरहेको छन् ।

मौद्रिक नीति समीक्षामा अहिले उठेको ब्याजदरको विषय सम्बोधनबारे भने विभागीय छलफलपछि नै टुंगो लाग्ने उनले बताए । तर, चालु पुँजीकर्जामा गरिएको संसोधनमा कुनै परिमार्जन नहुने स्पष्ट पारे ।

‘मौद्रिक नीति समीक्षामा के आउँछ भन्ने बारे छलफल पछिमात्रै थाहा हुन्छ, ब्याजदर बारे विभागीय छलफलमा कुरा उठान होला तर, चालु पुँजी कर्जा भने लागू भएको धेरै भएको छैन्, त्यसको प्रभाव आउँनै बाँकी छ ।’– उनले भने ।

चालुँ पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयनको प्रभाव मूल्यांकन नगरि तत्कालै कुनै परिमार्जन नहुने उनको आशय थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्