Shikhar Insurance

भारतको राजधानी दिल्लीमा भूकम्पको धक्का

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २६, शनिबार २१:०३
NIMB
Nabil Bank

काठमाडौं । भारतको राजधानी दिल्ली आसपासमा भूकम्प गएको छ । बीबीसी हिन्दीका अनुसार दिल्ली एनसीआर र आसपास क्षेत्रमा भूकम्प गएको हो । करिब ५० सेकेण्डसम्म भूकम्पको झट्का आएको थियो । दिल्ली आसपासमा एक हप्ताकै बीचमा भूकम्पको दोस्रो धक्का हो ।

अल इण्डिया रेडियोले नेशनल सेन्टर अफ सिसमोलोजीलाई उदृत गर्दै उत्तराखण्डको जोशीमठदेखि २१२ किलोमिटर टाढा केन्द्र बिन्दु बनाएर भूकम्प गएको बताएको छ । जमिनको सतह भन्दा १० किलोमिटर भित्र भूकम्पको केन्द्र रहेको बताइएको छ । नेपालमा भने यसलाई ५.४ रेक्टर स्केलको मापन गरिएको बताईएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्