Shikhar Insurance

असईको जागिर छाडेर बीमा अभिकर्ता बनेँ, गत वर्ष एक करोड कमाएँः मदन भट्ट

सिंहदरबार संवाददाता
२०७९ कार्तिक २७, आईतवार २०:४८
NIMB
Nabil Bank

मैले बीमा अभिकर्ताका रुपमा काम गर्न थालेको २० वर्ष भयो । सन २००२ बाट मैले एलआईसी नेपालमा बीमा अभिकर्ताका रुपमा काम सुरु गरेको थिएँ । सन २००७ मा एलआईसी नेपालमा सबै भन्दा धेरै बिजनेश गरेर टपर भएँ । त्यतिबेला ४० लाखको बिजनेश गरेको थिएँ । सन २०१२ मा म नेपाल लाइफ तिर सरेँ । त्यसपछि सन २०१२ मै मैले नेपाल लाइफमा फेरी सबै भन्दा धेरै बिजनेश गरेर टपर भएँ । त्यतिबेला एक वर्षमा दुई करोडको बीमा गराउन सफल भएको थिएँ ।

अहिले सन २०२२ मा पाँच करोडको बिजनेश गरेपछि नेपाल लाइफमा पुनः नेपाल टपर भएँ । अहिले बीमा व्यवसाय केहि खस्केको छ । त्यसकारण पाँच करोडको प्रिमियम उठाएरै म टपर भएँ । यस अघि ८ करोडको बिजनेश गर्दा मुस्किलले तेश्रो भएको थिएँ । तर त्यतिबेलाको बिजनेश अलि खराब प्रकृतिको पनि थियो । सिंगो बीमा क्षेत्रमै जसरी पनि प्रिमियम धेरै उठाउने प्रतिष्पर्धा थियो । अहिले भने क्वालीटीको बिजनेश गरेरै टपर भएको हुँ ।

Citizen Life
Kumar Bank
Nepal Life

मैले नेपाल लाइफ र एलआईसीमा गरेर चार हजार भन्दा बढी मानिसको बीमा गराईसकेको छु । म सन २०११ को अन्तिम तिर नेपाल लाइफ आएको हुँ । यसपाली मैले एक करोड रुपैयाँ जति कमाएँ । अहिलेसम्म बीमा अभिकर्ता बनेरै मैले १२ करोड जति कमाएँ । यसपाली नेपाल लाइफका ८० हजार अभिकर्ताहरुमध्ये उत्कृष्ठ व्यवसाय गर्न सफल हुनु भनेको एउटा ठूलै उपलब्धि हो भन्ने ठान्दछु ।

म विगत २० वर्षदेखि बीमा अभिकर्ताकै रुपमा काम गरिरहेको छु । एक जना मान्छेले दत्तचित्त भएर बीमा एजेन्टको काम गर्यो भने जीवन राम्रोसँग चलाउन पुग्ने गरि पैसा कमाउन सक्छ ।

कम्पनीले निश्चित टार्गेट पुरा गरेपछि मोटरसाइक, गाडीको सुबिधा दिन्छ । थोरै ब्याजमा प्राप्त गाडीको कर्जा बिजनेश गरेरै तिर्न सकिन्छ । घर बनाउन पनि ऋण लिन सकिन्छ । बीमा अभिकर्ताका रुपमा आनन्दले जीवन चलाउन सकिन्छ । नेपालको कुल जनसंख्याको ३६ प्रतिशतमा मात्रै बीमाको पहुँच पुगेको छ । करिब २ तिहाई नागरिक बीमाको पर्खाईमा छन् । उनीहरु हाम्रा लागि ठूलो अवसर पनि हुन् ।

असईको जागिर छाडेर बीमा अभिकर्ता
म असईमा भिड्न जाने तयारी गरिरहेको मान्छे, त्यता छाडेर बीमा क्षेत्रमा लागेँ । त्यतिबेला दिपायलमा परिक्षा दिन गएको भए म असई हुने पक्का थियो । असई हुन्थे भने अहिले इन्स्पेक्टर बनेर रिटायर्ड भैसक्थेँ । वा द्धन्द्धकाल थियो, उतिबेलै युद्धमा के पो हुन्थ्यो ? बाँचेकै भए पनि यत्रो प्रगति हुने नै थिएन् । अहिले त म हजारौं मानिसहरुको बीमा गराउने मान्छे भएको छु । मेरो आफ्नै पहिचान छ ।

आफ्नै व्यवसाय आरम्भ
मैले कैलाली बहुमखी क्याम्पसबाट बीबीएससम्मको अध्ययन गरेको छु । विगत दुई वर्षदेखि बीमा अभिकर्ता बाहेक केहि व्यवसाय पनि आरम्भ गरेको छु । धनगढी र महेन्द्रनगरमा चिकेन स्टेशनको फ्रेञ्चाइज खोलेका छन् । एउटा एग्रो फर्ममा पनि लगानी गरेको छु । विगत दुई वर्षदेखि बीमा बाहेक अन्यत्र के के गर्न सकिन्छ भनेर पनि हेरिरहेको छु ।

यस कारण पनि बढी सन्तुष्ठ छु
म धनगढीको मान्छे हुँ । यो सिमा क्षेत्रमा पर्छ । केहि वर्ष अघिसम्म भारतीय बीमा कम्पनीहरुले नेपालमै आएर बीमा गर्थे । सिमा क्षेत्रका भारतीय व्यवसायीहरुले पनि भारतीय कम्पनीमै बीमा गराउँथे । बीमाको नाममा सिमा क्षेत्रबाट अरबौं रकम भारत जान्थ्यो । अहिले नेपालमै बीमा गराउन थालेका छन् । नेपालमै अरबौं रकमको बीमा हुन थालेको छ । नेपालीको पैसा नेपालमा बसेको छ, नेपालीकै छोराछोरीहरुले जागिर पाएका छन्, पैसा कमाउने अवसर पाएका छन् । म आफैं त्यसको एउटा हिस्सा बन्न पाउँदा अरबौं रकम भारत जानबाट रोक्ने बीमा अभिकर्ता बन्न पाउँदा भित्रैदेखि सन्तुष्ठ छु ।(नेपाल लाइफका उत्कृष्ठ बीमा अभिकर्ता भट्टसँग गरिएको कुराकानीमा आधारित)

 

GBIME

प्रतिक्रिया दिनुहोस्