Shikhar Insurance

सिद्धार्थ इन्स्योरेन्सले लगानीकर्तालाई ९.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्दै

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार ११:१५
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले आव २०७८÷०७९ को मुनाफाबाट सेयरधनीलाई ९.४७३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कात्तिक २९ गते बसेको कम्पनीको संचालक समितिको बैठकद्वारा गत आवको मुनाफाबाट सो लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश हाल कायम रहेको चुक्तापुँजी १ अर्ब २८ करोड रुपैयाँको ९.४७३७ प्रतिशतले हुन आउने रकम १२ करोड २० लाख २१ हजार रुपैयाँ नगद लाभांश (कर सहित) रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त लाभांश नियमक निकाय बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भई प्रिमियर इन्स्योरेनससँगको मर्जर पश्चात एकीकृत कारोबार भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्