Shikhar Insurance

ब्याजदर नबढ्ने भएपछि नेप्सेमा दोहोरो अंकको सुधार

सिंहदरबार संवाददाता
२०७९ कार्तिक ३०, बुधबार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । कार्त्तिक महिनाको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबारको दिन ६.५९ अंकले ओरालो लागेर बन्द भएको नेप्से बुधबार भने १३.४० अंकले बढेर १,९११.२६ को विन्दुमा बन्द भएको हो ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.८६ अंकले बढेर ३७६.५७ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार बैंक तथा वित्तीय संस्थाहरुले मंसिर महिनाको लागि ब्याजदर नबढाउने सूचना प्रकाशित गरेका छन्। सोहि अनुसार वाणिज्य बैंकहरुले मंसिर महिनामा कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने विकास बैंक तथा फाइनान्स कम्पनीहरुले ब्याजदर घटाएका छन्। बैंक तथा वित्तिय संस्थाहरुले व्यजदर नबढाउने सुचना प्रकाशीत गरेसँगै सेयर बजार बढ्नका लागि टेवा पुगेको हो ।

बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने सामान्य घटेको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको सेयर कारोबार भएको बजारमा यस दिन २३२ स्टकको १७ हजार ७०२ पटकको कारोबारमा ८५ करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको २४ लाख ९५ हजार कित्ता सेयर कारोबार भएको छ।

सिक्लेस हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको छ। सो कम्पनीको सेयर मूल्य यस दिन ३२ रुपैयाँ १० पैसा बढेर ३५३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन गणपति लघुवित्तको सेयरमूल्य ७.७१ प्रतिशत बढेको छ । नारायणी डेभलपमेन्ट बैंक र रिडी पावरको सेयर मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य सर्वाधिक ४।१३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६ करोड बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरीको ४ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

बुधबार १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्