Shikhar Insurance

चार महिनामा पौन ५ खर्ब व्यापार घाटा, आयात १८ प्रतिशत र निर्यात ३३.३० प्रतिशतले घट्यो

सिंहदरबार संवाददाता
२०७९ मंसिर ७, बुधबार १६:५८
NIMB
Nabil Bank

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा नेपालको व्यापार घाटा पौने ५ खर्ब नाघेको छ । आयातको तुलनामान निर्यात बढ्न नसक्दा नेपालले चालु आवको कात्तिक मसान्तसम्म ४ खर्ब ७७ अर्ब ९१ करोड रुपैयाँ बढी अन्तर्राष्ट्रिय व्यापारघाटा खेपेको भन्सार विभिागको तथ्यांकले देखाएको हो ।

चालु आवको ४ महिानामा मुलुकले खर्बौको व्यापार घाटा ब्याहोरेको भएपनि सो तथ्यांक गत वर्षको तुलनामा भने १९.७९ प्रतिशत कम हो । गत आवको ५ महिनामा नेपालले ७ खर्ब ३२ अर्ब ४१ करोड रुपैयाँ बढीको व्यापार घाटा व्याहोर्नु परेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

चालू आर्थिक वर्षको चार महिनामा ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बढीको वस्तु तथा सेवा आयात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १८.०८ प्रतिशतले कम हो । गत आवको ४ महिनामा ६ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बढीको आयात भएको थियो ।

यस्तै, चालु आवको ४ महिनामा नेपालले ५४ अर्ब ७७ करोड रुपैयाँ बढीको वस्तु तथा सेवा अन्य मुलुकमा निर्यात गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३३.३० प्रतिशतले कम हो । गत आवको कात्तिक मसान्तसम्म नेपालबाट ८२ अर्ब १२ करोड रुपैयाँ बढीको वस्तु तथा सेवा निर्यात भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्