Shikhar Insurance

सीजी ब्राण्डको वर्ल्डकप अफरः ५० हजार ९ सयसम्म क्यासब्याक पाइने

सिंहदरबार संवाददाता
२०७९ मंसिर ८, बिहीबार ०९:०७
NIMB
Nabil Bank

काठमाडौं । सीजी ब्राण्डले वर्ल्डकप २०२२ को उपलक्ष्यमा विशेष योजना ल्याएको छ । विशेष फुटबलप्रेमी ग्राहकहरुका लागि उत्कृष्ट वर्ल्डकप अनुभव लिनका लागि सीजीले टेलिभिजनहरुमा ५० हजार ९ सय सम्मको आकर्षक क्यासब्याक अफर ल्याएको हो । अफरमा विशेष योजनाको लाभ उठाई ग्राहकहरुले उचित मूल्यमा उत्कृष्ट पूmटबल हेराईको आनन्द लिन सक्ने विश्वास कम्पनीको रहेको छ ।

सीजीले नेपालकै एकमात्र “गुगल–सर्टिफाइड टि.भी.” बजारमा उपलब्ध गराउँदै आएको छ जसमा ग्राहकहरुले विशिष्ट फुटबल हेराईको आनन्द लिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उत्कृष्ट पिक्चर क्वालिटि लगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरु सहित सीजीसँग फुटबल प्रेमीहरुहरु वर्ल्डकप को पूर्ण मजा लिन सक्नेछन् । साथै, नयाँ ५० हजार ९ सय सम्मको क्यासब्याक योजनाले गर्दा टिभीहरुमा ग्राहकहरुको पहुँच झनै सरल र सहज हुनेछ ।

सिजी ब्राण्डका टिभीहरु २४ इन्च देखि ७५ इन्चमा उपलब्ध छन र जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरुका साथै एन्ड्रोइड टिभीहरु सहितका नेपालकै एकमात्र गुगल सर्टिफइड टिभी उपलब्ध छन् । हरेक सीजी टिभीहरुमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरु पनि रहेका छन् । यसमा ५जी नेटवर्कको क्षमता लगायत डल्बी अडियोको उत्कृष्ट साउन्ड सिस्टम रहेको छ । उत्कृष्ट, इमर्सिभ टिभी हेराइको अनुभव प्रदान गर्नको लागि मोशन इस्टिमेटेड फिचर पनि रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्