Shikhar Insurance

२८ वर्षमा भित्रियो करिब ४ खर्ब वैदेशिक लगानी, ५ हजार परियोजनामा २ लाख ४४ हजार रोजगार

कुन वर्ष कति? (सूची सहित)
सिंहदरबार संवाददाता
२०७९ मंसिर ९, शुक्रबार १८:३३
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा आर्थिक वर्ष २०५०/५१ यता करिब ४ खर्ब रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । उल्लेखित आवदेखि आव २०७८/७९ जेठ मसान्तसम्म नेपालमा ५ हजार २ सय २४ वटा परियोजनाको लागि कुल ३ खर्ब ९९ अर्ब ७० करोड २८ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको हो ।

उद्योग विभागद्वारा सार्वजनिक प्रतिवेदन अनुसार नेपालमा विभिन्न मुलुकबाट ५ खर्ब ८४ अर्ब ४ करोड ४५ लाख रुपैयाँ कुल लगानीका परियोजनामा ६८.४४ प्रतिशत वैदेशिक लगानीको हिस्सा छ । जसले २ लाख ४४ हजार ४७७ जनालाई रोजगार बनाएको विभागको तथ्यांकमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसबीच सबैभन्दा बढी वैदेशिक लगानी आव २०७१/७२ मा आएको छ । उक्त आवमा ३७० वटा परियोजनाका लागि ६७ अर्ब ४५ करोड ५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ । भने, १३ हजार १६७ जनालाई रोजगारी सृजना भएको छ । सो आवमा ३७० परियोजनामा लागतको ८२.९० प्रतिशत वैदेशिक लगानीको हिस्सा रहेको छ ।

स्रोतः उद्योग विभाग

साथै, आव २०७४/७५ मा ४ सय वटा परियोजनाको लागि कुल लागतको ९०.८९ प्रतिशत अर्थात् ५५ अर्ब ७६ करोड ४ लाख रुपैयाँ बराबरको लगानी भित्रिएको छ । जसबाट १३ हजार ९४० जना रोजगार भएका छन् । गत आवको ११ महिनामै २०७ वटा परियोजनाको लागि कुल लागतको ९०.५६ प्रतिशत अर्थात् ४० अर्ब ४९ करोड ८२ लाख रुपैयाँ बराबरको लगानी भित्रिएको विभागको तथ्यांकमा उल्लेख छ । जसबाट १२ हजार २०१ जनाको लागि रोजगारी सृजना भएको छ ।

यस्तै, आव २०७६/७७ मा २२३ वटा परियोजनाको लागि कुल लागतको ७४.५० प्रतिशत अर्थात् ३७ अर्ब ८० करोड ५८ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । जसबाट १० हजार ८३९ जनालाई रोजगारी सृजना भएको छ । साथै, आव २०७७/७८ मा १८५ वटा परियोजनाको लागि कुल लागतको ६५.२७ प्रतिशत अर्थात् ३२ अर्ब १७ करोड २८ लाख रुपैयाँ वैदेशिक लगानी भित्रिएको छ । जसबाट ५ हजार ९४३ जनाका लागि रोजगारी सृजना भएको छ ।

कुन आवमा कति वैदेशिक लगानी र सिर्जत रोजगारी

 

GBIME

प्रतिक्रिया दिनुहोस्