Shikhar Insurance

मर्जर प्रक्रियामा रहेका १७ बीमा कम्पनीले एकिकृत कारोबारको मिति तोके, कसको कहिले ?

(सूची सहित)
सिंहदरबार संवाददाता
२०७९ मंसिर १५, बिहीबार १७:५०
NIMB
Nabil Bank

काठमाडौं । मर्जर प्रक्रियामा रहेका १७ वटा बीमा कम्पनीहरुले एकिकृत कारोबारको मिति तोकेका छन् । बीमा प्राधिकरणले कम्पनीहरुले प्रस्ताव गरेका एकिकृत कारोबार गर्ने सम्भावित मितिमा स्वीकृत गरेको हो ।

प्राधिकरणले पुँजी वृद्धिको योजनासँगै मर्जरमा जोड दिएपछि बीमा कम्पनीहरुले धमाधम एमओयु गरी प्राधिकरणमा स्वीकृतिको पाइपलाइनमा छन् । जसमा प्राधिकरणले एमआयू गर्ने सबै बीमा कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ भने कम्पनीहरुले एकिकृत कारोबार गर्ने मिति तय गरेर प्राधिकरणमा योजना बुझाएका हुन्। जसमध्ये हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाममा गत साउन १ गतेदेखि एकिकृत बारोबार शुरु गरिसकेका छन् । भने बाँकी कम्पनीहरुले समेत एकिकृत कारोबार गर्ने मिति तोकेर सो प्रस्ताव बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

‘मर्जर प्रक्रियामा रहेका कम्पनीहरुले पहिले नै प्रस्ताव गरेको समयमा एकिकृत कारोबार सम्पन्न नगरेपछि पुन मिति तय गरी प्रस्ताव गरेका छन्,’ प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले सिंहदरबारसँग भने, ‘त्यसमा केही कम्पनीलाई हामीले स्वीकृति समेत दिइसकेका छौं ।’

प्राधिकरणमा मर्जरको लागि एमओयू गरेर आएका १९ वटा कटा कम्पनीमध्ये २ वटा एकिकृत कारोबार शुरु गरिसकेका छन्, बाँकी १७ वटाले भने नयाँ मिति तोकेर स्वीकृतिको लागि आएको उनले जानकारी दिए ।

बीमा समितिले २०७८ चैत १० गतेको सञ्चालक समिति निर्णय मार्फत २०७९ चैत मसान्त भित्र जीवन बीमा कम्पनीहरुले ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुले दुर्य अर्ब ५० करोड चुक्ता पुँजी कायम गरिसक्नुपर्ने भनेको थियो । त्यसरी पुँजी वृद्धि गर्दा हकप्रद सेयरको सिमा भने अधिकतम २५ प्रतिशत मात्रै हुनुपर्ने बीमा समितिको नियम छ ।

बोनस सेयर वा मर्जरबाट मात्रै पुँजी पुर्याउनुपर्ने बाध्यात्मक व्यवस्था गरेपछि बीमा कम्पनीहरु मर्जरका लागि तयार भएका थिए । हाल जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी एक अर्ब रुपैयाँ अनिवार्य छ ।

कसको कहिले ?

यसअघि नै सुर्या लाइफ र ज्योति लाइफले कात्तिक १ गते एकिकृत कारोबार गर्ने योजना बनाएर प्राधिकरणमा प्रास्ताव गरेका थिए । तर, सो समयमा कारोबार नगरेका यी कम्पनीहरुले मंसिर १५ गतेको प्रस्ताव पधिकरणमा पठाएको थियो । तर, प्राधिकरणले मंसिर २७/२८ मध्ये जुन उपयुक्त हुन्छ सोही दिनमा एकिकृत कारोबार गर्न स्वीकृत गरेको पौडेलले जानकारी दिए । यी कम्पनीहरुले गत असार १३ गते मर्जरको सम्झौता गरी स्वीकृतिको लागि प्राधिकरणमा पुगेका थिए ।

यस्तै, गुराँस, युनियन र प्राइम लाइफले गत जेठ ३ गते मर्जरको प्रारम्भिक सम्झौता गरी प्राधिकरणमा स्वीकृत माग्दै पुगेका थिए भने त्यसमा प्राधिकरणले सैद्धान्तिक र अन्तिम स्वीकृति दिएसँगै यी कम्पनीहरुले एकिकृत कारोबारको पुस १५ गते गर्ने प्रस्ताव प्राधिकरणमा गरेका हुन् ।

गत असार २९ गते मर्जरको प्रारम्भिक सम्झौता गरेर स्वीकृतिको लागि प्राधिकरण पुगेका सानिमा जनरल र जनरल इन्स्योरेन्सले पुस ३० गते एकिकृत कारोबार गर्ने प्रस्ताव गरेका छन् । साथै, प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सले गते असार २८ गते मर्जरको प्रारम्भिक सम्झौता गरि प्राधिकरण पुगेका थिए । यी कम्पनीहरुलाई प्राधिकरणले सैद्धान्तिक तथा अन्तिम स्वीकति दिएसँगै फागुन १ गते एकिकृत कारोबार गर्ने मिति तय गरेका छन् ।

रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्स गत असार २९ गते आपसमा मर्जरको प्रारम्भिक सम्झौता गरि प्राधिकरण पुगेका हुन् । यी कम्पनीहरुलाई पनि प्राधिकरणले सैद्धान्तिक तथा अन्तिम स्वीकृति दिएसँगै एकिकृत कारोबार पुस ३० गते गर्ने मिति तय गरेका छन् । साथै, गत साउन १ गते आपसमा मर्जरको सझौता गरेको महालक्ष्मी र प्रभु लाइफ इन्स्योरेन्सले फागुन १ गते एकिकृत कारोबार गर्ने मिति तय गरेका छन् ।

यसैगरी, सगरमाथामा र लुम्बिनी जनरल इन्स्योरेन्सले गत असार ३० गते आपसमा मर्जर हुने प्रारम्भिक सम्झौता गरी प्राधिकरणमा स्वीकतिको लागि आवेदन दिएका हुन् ।यी कम्पनीलाई प्राधिकरणले एक बन्नको लागि सैद्धान्तिक र अन्तिम स्वीकृति दिएपछि कम्पनीले माघ १ गते एकिकृत कारोबार गर्ने मिति तोकेका छन् । साथै, गत साउन १ गते मर्जरको प्रारम्भिक सम्झौता गरेर स्वीकृतिका लागि आवेदन पेश गर्ने प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले फागुन ३० गते एकिकृति कारोबार गर्ने मिति तय गरेका छन् । यी कम्पनीलाई प्राधिकरणले मर्जरको सैद्धान्तिक र अन्तिम स्वीकृति यसअघि नै दिइसकेको छ ।

यी १७ वटा कम्पनीले एकिकृत कारोबार सम्पन्न गरेसँगै ८ वटा बन्ने छन् । जसमा बीमा क्षेत्रबाट ४ वटा निर्जीवन कम्पनकिो र ५ वटा जीवन बीमा कम्पनीको अस्तित्व हराएर जानेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्