Shikhar Insurance

फर्स्ट माइक्रोफाइनान्सद्वारा २० प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०७९ मंसिर १६, शुक्रबार ११:०६
NIMB
Nabil Bank

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमा गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर १ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्