Shikhar Insurance

‘अर्थतन्त्र ट्रयाक’मा ल्याउन नयाँ सरकारले तत्कालै गनुपर्ने पाँच काम

लीमा अधिकारी
२०७९ मंसिर १८, आईतवार ०९:३२
NIMB
Nabil Bank

नेपाल आर्थिक संकट उन्मुख रहेको र केही महिनाका परिसूचक विश्लेषण गर्दा अर्थतन्त्रमा केही सुधारको संकेत केही समय देखिने तर फेरि आर्थिक पाटाहरूमा जटिल समस्या देखिने क्रम नरोकिएकाले आगामी सरकारले खासमा मुख्य प्राथमिकता ‘अर्थतन्त्र सुधार’ को बिषयलाई नै राख्नु पर्छ।
तत्काल गर्नु पर्न २/४ कामः

१) अर्थतन्त्रमा मख्य समस्या केही आन्त्रिक र केही वाह्य कारण जिम्मेवार छन् । जस्तो पेट्रोलियमको मूल्य वृद्धि र डलरको अधिमूल्यका लागि वाह्य कारणहरू जिम्मेवार छन् । त्यसलाई नेपालले न्यूनीकरण गर्न सक्ला तर नियन्त्रण गर्न सक्दैन । तर आन्तरिक कारणहरूलाई हामीले न्यूनिकरण गर्न सकिन्छ । जस्तो मूल्य वृद्धि, उच्च ब्याजदर, बेरोजगारी र अनावश्यक प्रशासन खर्चको बोझ तत्काल नियन्त्रण तर्फ सरकार नलागे ठूलो संकट निम्त्याउन सक्छ।

Citizen Life
Kumar Bank
Nepal Life

२) विदेशी मुद्रा आम्दानीका मुख्य स्रोतहरू निर्यात, पर्यटन, वैदेशिक लगानी, वैदेशिक सहायता र विप्रेषण बढ्ने कार्यहरू तत्काल गर्नु पर्ने देखिन्छ ।

३) केन्द्र देखि प्रदेश र स्थानीय तह सम्मका अनावश्यक संस्थाहरू खारेज गरि अनावश्यक आर्थिक बोझबाट यथासिघ्र मुक्त हुनु उत्तम हुनेछ।

४) माग घटाउने र आयात कडाई नीति जारी राख्नुपर्ने हुँदा त्यसको सिधा असर राजश्व संकलनमा पर्ने भएकाले देशको साधारण खर्च कम्तिमा ३० प्रतिशतले कटौति गर्नुपर्छ । नत्र साधारण खर्च धान्न नै ऋण लिनुपर्ने बाध्यताले अर्थतन्त्रमा झन् संकट थप्नेछ । स्वदेशमा उत्पादन हुने वस्तुहरुको आयातमा बढी कडाई गरी ५ प्रतिशतसम्म विदेशी कच्चा पदार्थ प्रयोग गरी स्वदेशमा उत्पादन भएका वस्तुमा मात्र निर्यात अनुदान र सहुलियत दिनुपर्छ ।

५) सरकार र राष्ट्र बैंक मात्रै हैन, निजी क्षेत्र र नागरिकले पनि अर्थतन्त्रलाई बचाउन सबैले आआफ्नो ठाँउबाट योगदान गर्नुपर्छ । संकटको डिलमा पुगेको अर्थतन्त्रलाई जोगाउन हामी सबैले आ आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्छ।-अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिति सदस्य हुन् । 

GBIME

प्रतिक्रिया दिनुहोस्