Shikhar Insurance

आरएमडीसी र साना किसान लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा, कुनको कति ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर २०, मंगलवार १०:४५
NIMB
Nabil Bank

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । मंगलबार आरएमडीसी र साना किसान लघुवित्त वित्तीय संस्थाले लाभांश दिने घोषणा गरेका हुन् ।

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई कुल २७.३६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले हाल कायम चुक्ता पुँजीको २६ प्रतिशतका दरले हुन आउने ३२ करोड २६ लाख ७७ हजार २४५ रुपैयाँ बराबर बोनस सेयर र कर प्रयोजनका लागि १.३६८४ प्रतिशतका दरले हुन आउने १ करोड ६९ लाख ८३ हजार १३ रुपैयाँ बराबर नगद लाभांश दिने घोषणा गरेको हो ।

त्यस्तै, सानाकिसान लघुवित्त वित्तीय संस्थाको लघुवित्तको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई कुल २७.३६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम  चुक्ता पुँजीको २६ प्रतिशतका दरले हुन आउने ४० करोड ६७ लाख ४७ हजार ५६९ रुपैयाँ बराबर बोनस सेयर र कर प्रयोजनका लागि १.३६८४ प्रतिशतका दरले हुन आउने २ करोड १४ लाख ७ हजार ७६६ रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो ।

दुबै लघुवित्तको प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुहरुलाई वितरण गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्