Shikhar Insurance

महाभारत र खानीखोलाका ३३ सय घरमा विद्युत पुर्याइँदै, १ अर्ब ५६ करोड रकम विनियोजन

सिंहदरबार संवाददाता
२०७९ पुष ३, आईतवार १४:२७
NIMB
Nabil Bank

काभ्रेपलाञ्चोक । जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रका महाभारत र खानीखोला गाउँपालिकाको ३ हजार ३ सय परिवार बिजुलीको उज्यालोमा बस्न पाउने भएका छन् । यसका लागि नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाटै दुई गाउँपालिकाको बासिन्दालाई बिजुली पुर्याउन धामाधम काम भइरहेको छ ।

दुई गाउँपालिकाका स्थानीयलाई बिजुलीको उज्यालो दिलाउन तत्कालीन सरकारले १ अर्ब ५६ करोड रुपैयाँ रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु गरिएको थियो । तत्कालीन अवस्थामा जिल्लास्थित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचितलाई सम्मानार्थ महाभारतको बनखुमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधिले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेतालाई दुई गाउँपालिकामा बिजुलीको मागपत्र पेस गरेका थिए । सोही मागका आधारमा सरकारद्वारा विद्युतीकरणको रकम विनियोजन गरिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

रकम अपुग भएका कारण आयोजना सम्पन्न गर्न थप ३० करोड माग गरी विद्युतीकरणको कामलाई अन्तिम चरणमा पुर्याइएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताए। उनका अनुसार महाभारत गाउँपालिकाको वडा नं ३ फोक्सिङटार, ४ र ५ स्थित बुढाखानीका सबै घरमा बिजुलीबत्ती बल्ने गरी सबै काम हालै सम्पन्न भएको छ ।

गाउँपालिकाले घरमा जडान गर्ने मिटर खरिदका लागि एक हजार अनुदानसमेत उपलब्ध गराएको जिम्बाले बताए । उनका अनुसार हाल तीनवटा वडाका लागि १ हजार ३ सय घरधुरीका लागि मिटर पुर्याइएको छ भने हाल घर–घरमा वायरिङको कार्य भइरहेको छ । हाल शाखा लाइन विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ ।

महाभारत गाउँपालिकामा ३ हजार ३ सय घरधुरी छन् । सबै घरमा बिजुली, खानेपानी पुर्याउने गरी कार्य भइरहेको गाउँपालिका प्रमुख जिम्बाले बताए । यस प्रसारण लाइनबाट खानीखोलाको दुईवटा वडाका बासिन्दा लाभान्वित हुने जनाइएको छ ।

महाभारत गाउँपालिका–१ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता कान्छामान जिम्बाका अनुसार यही वर्षभित्र सबै घरमा बिजुली बत्ती बालिसक्ने गरी कामलाई तीव्रता दिइएको छ । केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग, कलकारखाना सञ्चालन गर्न सकिएको थिएन । यसअघि लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट घरमा बत्ती बाल्दै आइएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्