Shikhar Insurance

‘१५/१६ % रिटर्न अन इक्वीटी नभए बैंकिङ क्षेत्र चल्नै सक्दैन, अहिले लगानीका लागि स्रोतको अभाव छैन्’

सिंहदरबार संवाददाता
२०७९ पुष ८, शुक्रबार १२:०८
NIMB
Nabil Bank

साढे ३ दशकको बैंकिङ करिअरमा आधा दर्जन बैंकहरुमा काम, तीन वटा बैंकको सिईओको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन पर्शुराम कुँवर क्षेत्री । उनले स्ट्याण्डर्ड चाटर्ड बैंकदेखि नेपाल बैंक हुँदै सिटिजन्स बैंक इन्टरनेशनलसम्ममा काम गरे । क्षेत्रीले बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आईएमई बैंकको सिईओका रुपमा समेत जिम्मेवारी सम्हालिसकेका छन् ।

यति बेला सिंगो बैंकिङ क्षेत्रले लगानी योग्य पुँजीको अभाव झेलिरहेको बताईरहँदा क्षेत्री भने त्यस्तो अवस्था नरहेको तर्क गर्छन् । हक्की स्वभावका पूर्व बैंकर क्षेत्रीका विचारमा अब बैंकिङ क्षेत्रको भविष्य संकटोन्मुख नै छ । राष्ट्र बैंकको अनावश्यक हस्तक्षेप, उद्यमी व्यवसायीको आन्दोलन र निरन्तरको गाली गलौजले बैंकहरु यतिबेला चारैतिरबाट घेराबन्दीमा परिरहेको उनको निष्कर्ष छ । अर्थतन्त्र, बैंकिङ र उद्यम।व्यवसायबारे चलनचल्तिको भन्दा भिन्न बिश्लेषण गर्ने उनै पूर्व बैंकर क्षेत्रीसँग सिंहदरबारले गरेको कुराकानीको सार ।

Citizen Life
Kumar Bank
Nepal Life

–अर्थतन्त्रलाई बलियो बनाउने पहिलो उपाय भनेकै आयात घटाउनु हो, त्यसका लागि आन्तरिक उत्पादन र त्यसको खपत बढाउने हो । त्यसपछि मात्रै भुक्तानी सन्तुलन सकारात्मक हुन्छ, तरलता बढ्छ, ब्याजदर घट्छ, उद्योगी व्यवसायीले न्युन लागतमा लगानी गर्ने वातावरण बन्छ ।
–हामीसँग पोलिसीहरुको अभाव छैन्, तर कार्यान्वयनमा चुक्दा अर्थतन्त्रमा संरचनागत त्रुटीहरु देखिएका हुन् । यस्तो हुनुमा राजनीतिज्ञदेखि अर्थमन्त्रालय, राष्ट्र बैंक, बैंकर र उद्यमी व्यवसायी सबै दोषी छन् ।
–अब नागरिकलाई नेपाली हुनुस, नेपाली उत्पादन प्रयोग गर्नुस भन्नुपर्छ । नराम्रो र महंगो भएपछि नेपाली उत्पादनलाई प्रयोग गर्नुपर्छ भनेर अभियान नै चलाउनुपर्छ ।
–बैंकले त जहाँबाट ऋणको माग हुन्छ, त्यहिँ लगानी गर्ने हो । व्यापारको लगानीले चाँडो र उच्च प्रतिफल दिन्छ भने बैंकहरुले लगानी नगरि बस्ने कुरै हुन्न ।
–बैंक र व्यवसायीले एक अर्कालाई गाली गरेर कहिँ पुग्दैनन् । समस्याहरु छन् भने एकै ठाउँमा बसेर छलफल गर्नुपर्छ ।

–बैंक तथा वित्तिय संस्थाहरुले धेरै नाफा कमाएका होइनन् भन्ने कुरा व्यवसायी र आम सर्वसाधारणलई बुझाउनै सकिएको छैन् । अर्बका अर्ब कमाए भन्ने गरिन्छ, त्यो अर्ब आम्दानी कति लगानी गरेर प्राप्त भएको हो ? भन्ने चाँही कसैले हेरेनन् ।
–कात्तिक महिनाको तथ्यांक अनुसार बैंकहरुको रिटर्न अन इक्वीटी(आरओई )११.५ प्रतिशत छ । डिपोजिटरलाई १२ प्रतिशत ब्याज दिईरहेको छ । भारतमा एसबिआई बैंकको आरओई १६ प्रतिशत छ । १५/१६ प्रतिशत आरओई नभए बैंकिङ क्षेत्र चल्नै सक्दैन् । त्यसकारण हाम्रा बैंकहरुको नाफा धेरै हुँदै होइन् ।
–गत वर्षको पहिलो चार महिनाको तुलनामा यसपाली ६६.४ प्रतिशतले ब्याज खर्च बढेको रहेछ, ब्याज आम्दानी जम्मा ५५ प्रतिशतले मात्रै बढेको छ । कमिसन, फि र एक्सचेञ्ज आम्दानी २४ प्रतिशतले घटेको छ । बैंकहरुको हालत चाँही मैले राम्रो देखिरहेको छैन् । चारै तिरबाट अट्याक भैरहेको छ । बैंकहरुले बढी नाफा कमाए भन्ने न्यारेटिभ स्थापित भैरहेको छ ।
–राष्ट्र बैंकले पछिल्लो पटक स्प्रेड दरमा थप घटाउने निर्णय गर्नु हुन्थेन् ।
–ब्याजदरमा पनि महिनामा एक पटक १० प्रतिशतले मात्रै थपघट गर्न पाउने व्यवस्थाले बजार बिगार्न भूमिका खेल्यो । भारतमा १० बेसिस पोइन्टले बढाउन/घटाउन पाउने व्यवस्था छ । नेपालमा महिनामा एक पटक बढाउन घटाउन पाइने र त्यो १० प्रतिशत हुनुपर्ने व्यवस्थाले बिगार्यो । हप्तै पिच्छे ब्याजदर बढाउन घटाउन पाउने सुबिधा दिनुपर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्