Shikhar Insurance

राष्ट्र बैंकको बिशेष निगरानीमा यी बैंक, सम्पति शुद्धिकरण जोखिममै परे २२ बैंक

सिंहदरबार संवाददाता
२०७९ पुष १२, मंगलवार १३:४८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिकांश बाणिज्य बैंकहरुलाई बिशेष निगरानीमा राखेको छ । बैंकले जोखिमका आधारमा बिभिन्न प्रकृतिका निरिक्षण गर्दै त्यसबाट प्राप्त नतिजाका आधारमा अर्काे वर्ष पुनः निरिक्षण गर्दै आएको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको बार्षिक प्रतिवेदन अनुसार अधिकांश बाणिज्य बैंकहरु बिभिन्न खाले जोखिममा छन् । तिनै जोखिमका आधारमा राष्ट्र बैंकले पटक पटक निरिक्षण तथा निगरानी गर्दै आएको छ ।

राष्ट्र बैंकले एक वर्षमा जोखिमका आधारमा २० वटा बाणिज्य बैंकहरुको स्थलगत निरिक्षण गरेको छ । राष्ट्र बैंकले ग्लोबल आइएमई, स्ट्याण्डर्ड चार्टर्ड, एनसीसी, सिभिल, सेञ्चुरी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकमा जोखिममा आधारित लक्षित स्थलगत निरिक्षण गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्र बैंकले बिभिन्न १६ वटा बाणिज्य बैंकहरुमा बिशेष निरिक्षण गरेको देखिन्छ । जसमा एभरेष्ट देखि राष्ट्रिय बाणिज्य बैंक हुँदै बैंक अफ काठमाण्डू समेत परेका छन् । राष्ट्र बैंकले सम्पति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी(एएमएल सिएफटी)मा जोखिम देखिएको भन्दै २२ वटा बैंकमा बिशेष निरिक्षण गरेको छ । तिमध्ये केहि बैंकहरुमा सम्पति शुद्धिकरणको जोखिम देखिएपछि कारवाही समेत गरेको थियो ।

राष्ट्र बैंकले गरेको बिभिन्न प्रकृतिका बिशेष निरिक्षणहरुले अधिकांश बाणिज्य बैंकहरु बिशेष निगरानीमा राखेर नियमन गर्नुपर्ने  अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्