Shikhar Insurance

नेप्से ४६.७६ अंकले बढ्दा ८ कम्पनीको सेयर पोजेटिभ सर्किट, कारोबार रकम ५ अर्ब माथि

सिंहदरबार संवाददाता
२०७९ पुष २५, सोमबार १५:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ४६.७६ अंक अर्थात् २.१६ प्रतिशतले बढेर २,२११.३८ को विन्दुमा बन्द भएको छ ।
त्यसैगरी, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ८.६१ अंक अर्थात् २.०९ प्रतिशतले बढेर ४१९.८४ को विन्दुमा बन्द भएको छ ।

यसदिन होटल एण्ड टुरीजम क्षेत्रको परिसूचक ०.७० प्रतिशतले घटेको छ भने, बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी हाइड्रो पावर समूहको परिसूचक ४.९४ प्रतिशतले बढेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार दिनभरीमा २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो दिन नेप्से परिसूचक २० अंकले बढ्दा ५ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबार भएको कम्पनीहरु मध्ये १७३ कम्पनीको सेयर मूल्य बढेको छ । ३१ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार सोमबार ८ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । साथै ८ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने ६ कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

सोमबार स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । लघुवित्तको सेयर मूल्य ३.५७ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा रिडी पावर शीर्ष स्थानमा छ । कम्पनीको २० करोड ६८ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यस्तै, न्यादी ग्रुप पावरको १६ करोड ९६ लाख ९९ हजार, एनआईसी एशीया बैंकको १६ करोड ७८ लाख ६६ हजार, शीवम् सिमेन्टको १३ करोड १ लाख ४० हजार र बनील बैंकको १२ करोड ३५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्