Shikhar Insurance

जोनसन एन्ड जोनसनले पुनः बेबी पाउडर उत्पादन र बिक्री गर्न पाउने अदालतकाे फैसला

नेपालमा समेत आयात!
सिंहदरबार संवाददाता
२०७९ पुष २७, बुधबार १६:३८
NIMB
Nabil Bank

काठमाडौं । विश्वभर उत्पादन तथा बिक्री बन्द गर्ने घोषणा गरेको जोनसन एन्ड जोनसन (जे एण्ड जे) ले बेबी पाउडर बिक्री गर्न पाउने भएको छ । भारतको मुम्बई उच्च अदालतले कम्पनीलाई मुलुन्ड प्लान्टमा उत्पादित बेबी पाउडर बेच्न अनुमति दिएको हो।

सन् २०२० मै जे एण्ड जे मै कम्पनी विरुद्ध मुद्दा लागेपछि विश्वका धेरै देशहरुमा जे एण्ड जेद्वारा उत्पादित बेबी पाउडर बिक्रीमा रोक लागेको थियो । अमेरिकामा उत्पादनको बिक्री समाप्त गरेको दुई वर्षभन्दा बढी समयपछि जे एन्ड जेले समेत करिब ५ महिनाअघिमात्रै विश्वभर आफ्नो ट्याल्कमा आधारित बेबी पाउडर बनाउन र बेच्न बन्द गर्ने ​ घोषणा गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

जे एण्ड जेले सन् २०२३ देखि श्वव्यापी रूपमा आफ्नो बेबी ट्याल्कम पाउडर बेच्न बन्द गर्ने बताएको थियो। ट्याल्कम पाउडर अमेरिका र क्यानडामा २०२० मा नै बन्द गरिएको छ। अब कम्पनीले ट्याल्कमा आधारित पाउडरको सट्टा कर्न स्टार्चमा आधारित पाउडर बिक्री गर्ने भएको छ ।

जे एन्ड जेमाथि दशौँ हजार महिलाले मुद्दा दर्ता गरेका थिए । यसको ट्याल्कम पाउडरमा एस्बेस्टोस भएको र यसले पाठेघरको क्यान्सर विकास गराउने उनीहरुको आरोप थियो । तर कम्पनीले दशकौँको स्वतन्त्र अनुसन्धानले उक्त उत्पादन प्रयोग गर्न सुरक्षित भएको बताउँदै आएको छ ।

भारतमा समेत यसको उत्पादन र बिक्री सम्बन्धी विवाद धेरै समय अघिदेखि हुँदै आएको थियो । जोनसनको बेबी पाउडर उत्पादन गर्ने लाइसेन्स महाराष्ट्र सरकारले खारेज पनि उक्त निर्णयलाई कम्पनीले मुम्बई उच्च अदालतमा चुनौती दिएको थियो । बुधबार मुम्बई उच्च अदालतले फैसला सुनाउँदै सौन्दर्य प्रसाधन सामग्रीको गुणस्तर र सुरक्षा मापदण्ड कायम राख्नु अत्यन्त जरुरी भए पनि कुनै एक उत्पादनमा सानातिना दोष देखिए पनि सम्पूर्ण उत्पादन प्रक्रिया नै रोक्नु उपयुक्त नहुने बताएको छ ।

मुम्बई उच्च अदालतले नोभेम्बरमा जे एण्ड जे को बेबी पाउडर नमूना पुनः जाँच गर्न आदेश दिएको थियो। जोनसनको बेबी पाउडर उत्पादन गर्ने लाइसेन्स खारेज गर्ने महाराष्ट्र सरकारले सेप्टेम्बरमा आदेश दिइएको थियो। पहिलो आदेशमा, मुलुन्ड प्लान्टमा बेबी पाउडर उत्पादन गर्ने इजाजतपत्र रद्द गरिएको थियो। दोस्रो आदेशमा उत्पादन र वितरण बन्द गर्न भनियो। यी आदेशविरुद्ध कम्पनीको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले यस्तो फैसला गरेको हो ।

यससँगै नेपालमा समेत जे एण्ड जेको उत्पादन बेबी पाउडरको आयात हुने देखिन्छ । नेपालमा बिक्री हुने जे एण्ड जे का अधिकांश उत्पादनहरु भारतबाटै आयात गरिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्