Shikhar Insurance

साल्ट ट्रेडिङ कर्पोरेशन र कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश घोषणा, कुनको कति?

सिंहदरबार संवाददाता
२०७९ पुष २८, बिहीबार १२:५०
NIMB
Nabil Bank

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन र कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेका हुन ।

साल्ट ट्रेडिङ कर्पोरेशनको बिहिबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश दिने भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने २ करोड ५० लाख रुपौयँ बराबरको बोनस सेयर र ०.२६ प्रतिशतका दरले हुन आउने १३ लाख १५ हजार ७८९ रुपैयाँ बराबरको करसहितको नगद लाभांश दिने घोषणा गरेको हो ।

उक्त लाभांश प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्