Shikhar Insurance

राज कुमार तिमल्सिनाले ल्याए बजार बुझाउने सेयर संगीत, भन्छन्ः लजाउने होइन, बुझ्न अघि बढौं

सिंहदरबार संवाददाता
२०७९ पुष २८, बिहीबार १३:०२
NIMB
Nabil Bank

काठमाडौं । ब्रोकर कम्पनी भिजन सेक्युरीटीजका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले सेयर बजारबारे बुझ्न सजिलो हुने गरि म्युजिक भिडियोसहितको सेयर संगीत बजारमा ल्याएका छन् । ‘सेयर बजार बुझ्नलाई अघि बढौं हुन्न लजार’ बोलको गीत मार्फत तिमिल्सिनाले सेयर संगीत अघि सारेका हुन् ।

नेपालको सेयर बजारका आधारभूत पक्षहरु, संलग्न निकायहरु, लगानीका लागि गर्नुपर्ने कामहरु लगायतका विषय गीतमा समेटिएका छन् । तिमल्सिनाले सेयर बजारका महत्वपूर्ण निकाय धितोपत्र बोर्ड, नेप्से, सीडीएससी, मर्चेन्ट बैंकर, ब्रोकर, म्युचुअल फण्ड, डिम्याट, आईपीओ, मेरो सेयर, टिएमएस सम्बन्धी संक्षिप्त जानकारी गीती भिडियोमै समेटेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सेयर बजारमा कमाई मात्रै हुन्न, कहिले काँही गुम्ने खतरा समेत रहन्छ भन्ने तथ्यलाई पनि उनले उजागर गरिदिएका छन् । लोक पप शैलीको गीतमा युवा पुस्तालाई आकर्षित गर्न उनले र्याप शैली पनि समेटेका छन् ।

धितोपत्र बोर्डबाट अनुमति लिएर तयार पारिएको गीत तथा भिडियोले नेपालको सेयर बजार बुझाउन सहयोग गर्ने सर्जक तिमल्सिनाले बताए । ‘यो गीत र भिडियोले नेपालको सेयर बजार बुझ्न सहयोग गर्छ, हामीले सेयर सचेतनाका लागि यो मेहनत गरेका हौं’, तिमल्सिनाले भने ।

उनले आजका दिनमा सेयर बजार नेपाली नागरिकहरुको अभिन्न अंग बनिसकेकाले त्यसबारे अधिकमत प्रचार प्रसार आवश्यक रहेको स्पष्ट पारे । ‘५५ लाख भन्दा बढी डिम्याट खाता खुलिसकेका छन्, सेयर बजार नेपाली आम जीवनको अभिन्न अंग हो, अर्थतन्त्रको ऐना पनि हो, यसबारे लजाउने होइन, खुलेर छलफल गर्न हो’, तिमल्सिनाले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्