Shikhar Insurance

हवाई बीमालाई ‘पुल’मा ल्याउने तयारी, सस्तो र भरपर्दाे हुने

सिंहदरबार संवाददाता
२०७९ माघ २, सोमबार १८:१६
NIMB
Nabil Bank

काठमाडौं । नेपालमा हवाई बीमा(एभियसन इन्स्योरेन्स)लाई छुट्टै पुल बनाएर सञ्चालन गर्ने तयारी थालिएको छ । नेपाल बीमा प्राधिकरणले हवाई बीमालाई छुट्टै पुल मार्फत सञ्चालन गर्ने तयारी स्वरुप अध्ययन अघि बढाएको हो । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार हवाई बीमालाई अहिले भन्दा सस्तो र विश्वासिलो बनाउन पुल मार्फत सञ्चालन गर्न लागिएको हो ।

हाल नेपालका बीमा कम्पनीहरुले हवाई बीमाको ०.५ प्रतिशत जोखिम मात्रै आफैं राख्ने गरेका छन् । बाँकी ९९.५ प्रतिशत जोखिम भने पुनर्बीमा कम्पनीहरुलाई दिने गरेका छन् । नेपालमा साना जहाजहरुको दुर्घटना दर उच्च रहेको छ । साना जहाजहरुको दुर्घटनाका कारण समग्रहरु हवाई क्षेत्रको बीमा प्रिमियम उच्च रहने गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘उच्च प्रिमियम दरमा बीमा हुन्छ र त्यसको ठूलो हिस्सा बाहिर जान्छ, हवाई बीमाको प्रिमियमको केहि हिस्सा नेपालमै राख्न सकियोस भनेर पुल बनाउन लागेका हौं’, कार्यकारी निर्देशक पौडेलले भने ।

बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले नेपालकै बीमा कम्पनीहरुले हवाई बीमाको अलि बढी प्रमियम र जोखिम आफैंसँग राख्दा बीमा शुल्क समेत घट्न सक्ने बताए । ‘हामीले अलि बढी जोखिम लियौं भने विदेशी पुनर्बीमा कम्पनीहरुको कन्फिडेन्स बढ्छ, त्यसले बीमाको प्रिमियम पनि केहि घट्न सक्छ’, अध्यक्ष क्षेत्रीले भने ।

नेपालमा ठूला साना जहाज गरि हवाई बीमाको बजार करिब ३ अर्ब रुपैयाँ बराबरको रहेको छ । आन्तरिक उडानका जहाजहरु, हेलिकप्टरहरुको प्रिमियम अधिक पर्छ भने अन्तराष्ट्रिय उडानका ठूला जहाजहरुको प्रिमियम केहि कम हुने गरेको छ ।

नेपालका सबै निर्जीवन बीमा कम्पनीहरु, दुईवटै पुनर्बीमा कम्पनीहरुलाई पुलमा समावेश गरिनेछ । हवाई बीमाको बीमा शुल्क र जोखिमलाई बीमा कम्पनीहरुले बराबर रुपमा प्राप्त गर्नेछन् । नेपाल रि र हिमालयन रिका हकमा पनि त्यसरी नै प्रिमियम र जोखिम हस्तान्तरण गरिनेछ । बाँकी रहेको जोखिम भने पुलले नै विदेशी पुनर्बीमा कम्पनीहरुलाई हस्तान्तरण गर्नेछ ।

कार्यकारी निर्देशक पौडेलका अनुसार हाल हवाई बीमालाई पुल मार्फत सञ्चालनका लागि अध्ययन भैरहेको छ । बीमा कम्पनी र स्वदेशी पुनर्बीमा कम्पनीलाई कसरी समेट्ने ? बीमा प्राधिकरणकै भूमिका के रहने ? भन्नेबारे छलफल भैरहेको छ । स्वदेशी बीमान सेवा प्रदायक कम्पनीहरुको छाता संस्थालाई पनि समेट्न सकिन्छ भनेर समेत हेर्ने प्रयास भैरहेको छ ।

बीमक संघका अध्यक्ष क्षेत्रीले भने तत्कालै पुलमा जाने भन्दा पनि अध्ययन गरेर अघि बढ्न सकिने बताए । ‘तत्कालै पुलमा जान सकिन्छ वा सकिन्न तर अध्ययन गरेर अघि बढ्न सकिन्छ’, क्षेत्रीले सिंहदरबारसँग भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्