Shikhar Insurance

१४ अंकले घट्यो नेप्से, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक वृद्धि

सिंहदरबार संवाददाता
२०७९ माघ १५, आईतवार १५:३५
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । यसअघि साताको अन्तिम कारोबारको दिन अर्थात बिहिबार नेप्से परिसूचक ०.३५ अंकले घटेर बन्द भएको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार १४.६८ अंकले घटेर २,१६८.५३ को विन्दुमा बन्द भउको छ । त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स २.८३ अंकले घटेर ४१०.३१ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

दिनभरीमा २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर ३ अर्ब १ करोड ७० लाख ६३ हजार रुपैयाँमा खरिदबिक्री भए । बिहिबार नेप्से परिसूचक ०.३५ अंकले घट्दा २ अर्ब ८६ करोड ८२ हजार रुपैयाँ बराबरको सेर खरिदबिक्री भएको थियो ।

यसदिन कारोबारमा आएको ४८ कम्पनीको सेयर मूल्य बढेको छ । १६१ कम्पनीको सेयर मूल्य घटेको छ । भने ४ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार लुम्बिनी जनरल यन्स्योरेन्स कम्पनी र बाराही हाइड्रोपावर कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । इस्ट्रन हाइड्रोपावर, आर्दश लघुवित्त र सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । भने सयपत्री हाइड्रोपावरको ९.८० प्रतिशत र स्वत गंगा हाइड्रोपावर कम्पनीको ९.६७ प्रतिशतले बढेको छ । बाँकी कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा कमले बढेको छ ।
समृद्धि फाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी सेयर मूल्य ६.०९ प्रतिशतले गुमाएका छन् ।

कारोबार रकमको आधारमा आइएमई जनरल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरी, हिमालयन उर्जा विकास कम्पनीको ९ करोड २१ लाख, एनआईसी एशीया बैंकको ७ करोड १३ लाख आँखु खोला जलविद्युत कम्पनीको ६ करोड ८३ लाख र नेपाल लाइफ इन्सयोरेन्सको ६ करोड ६२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

आइतबार नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ

यस दिन होटल तथा पर्यटन ०.२० प्रतिशत र जीवन बीमा उपसमूहको परिसूचक ०.३४ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत घटेको छ भने, विकास बैंक, लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्