Shikhar Insurance

बैंकका लगानीकर्ताको प्रतिफल पाैने २१% ले घट्यो, एनआईसी आरओई उच्च हुँदा कृषिको ऋणात्मक

ग्राेथमा एभरेष्टकाे छलाङ्ग,कुनकाे कति?
सिंहदरबार संवाददाता
२०७९ माघ १८, बुधबार १९:०५
NIMB
Nabil Bank

काठमाडौं । वाणिज्य बैंकहरुमा लगानी गर्ने लगानीकार्ताहरुले पाउने लगानीको प्रतिफल घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरुको रिटन अफ इक्विटी (आरओई) औषतमा २०.७३ प्रतिशतले घटेको हो ।

गत आवको पुस मसान्तसम्म वाणिज्य बैंकहरुको औषत आरओइ १४.३३ प्रतिशत थियो । जुन चालु आवको सोही अवधिमा घटेर ११.३६ प्रतिशत कायम भएको छ ।
गत आवको पुस मसान्तसम्म २७ वटा वाणिज्य बैंकहरु सञ्चालनमा रहेका थिए । यी वाणिज्य बैंकहरुको औषत आरओई १४.३३ प्रतिशत थियो । चालु आवको पुस मसान्तसम्म मर्जर तथा प्राप्तिले गर्दा ६ वटा वाणिज्य बैंकहरु घटेर २२ वटा कायम भएका छन् । यी वाणिज्य बैंकहरुको आरओइ चालु आवको पुस मसान्तसम्म ११.३६ प्रतिशत कायम छ ।

Citizen Life
Kumar Bank
Nepal Life

गत आवको पुस मसान्तमा वाणिज्य बैंकहरुले लगानीकर्तालाई दिने औषत प्रतिफल र चालु आवको सोही अवधिमा दिने औषत प्रतिफल २०.७३ प्रतिशतले घटेको तथ्यांकले देखाउँछ । यद्दपी हाल कायम वाणिज्य बैंकहरुको गत आवको पुस मसान्त र चालु आवको पुस मसान्तको औषत आरओइ तुलना गर्दा भने १०.२० प्रतिशतले मात्रै घटेको छ । यी २२ वाणिज्य बैंकहरुमात्रै औषत आरओइ गत आवको पुस मसान्तमा १२.६४ प्रतिशत थियो ।

के हो आरओई ? यसको बैंक र लगानीकर्तामा कस्तो ?
सेयरधनीहरुले बैंकमा गरेको कुल लगानीको प्रतिफललाई रिटर्न अफ इक्विटी (आरओइ) भनिन्छ । जसमा लगानीकर्ताको लगानीमा पुँजीसँगै रिजर्भ र पेड अफ क्यापिटल समेत समावेश गरिएको हुन्छ ।

सञ्चालनमा रहेका सबै वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्बमाथि छ । कुनै ८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको वाणिज्य बैंकको २ अर्ब रिजर्भमा हुँदा त्यसको कुल पुँजी १० अर्बको हुन्छ ।
यदि त्यो बैकले २ अर्ब रुपैयाँ नाफा कमाएमा त्यसको रिटर्न अफ इक्विटी २ भाग १० गर्दा २० प्रतिशत बैंकको रिटर्न अफ इक्विटी हुन्छ । बैंकहरुको व्यवसायीक प्रगतिलाई नाफाले मात्रै नभएर बैंकको ‘स्ट्रेन्थ’ कति छ भन्नको लागि हेर्ने भरपर्दोे सूचक नै त्यो बैंकको आरओई हो ।

१ सय रुपैयाँ लगानीको ११ रुपैयाँ प्रतिफल, सबैभन्दा बढी आरओई एनआइसीको हुँदा कृषिको ऋणात्मक
चालु आवको पुस मसान्तसम्म वाणिज्य बैंकहरुले ३३ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए, भने साे अवधिमा कुल नेटवर्थ ६ खर्ब २७  अर्ब ९१ कराेड रूपैयाँ थियाे ।  बैंकहरुले अर्बौं रुपैयाँ नाफा कमाएको देखिएपनि कति लगानी गरेर कति नाफा कमाए भनेर हेर्ने सूचक नै आरओई हो ।

पुस मसान्तसम्म अधिकांश वाणिज्य बैंकको खुद नाफा अर्ब कटेको छ । तर, अर्ब बढी कमाउने बैंकहरुमा अधिकांशको आरओई भने १५ प्रतिशतभन्दा कम छ । अर्ब बढी नाफा कमाउने कुमारी, प्नभु, इन्भेष्टमेण्ट र नेपाल बैंककाे आरओई १० प्रतिशतभन्दा कम छ ।

सञ्चालनमा रहेका २२ वाणिज्य बैंकको औषत आरओई ११.३६ प्रतिशत हो । यसको मतलब यी २२ वाणिज्य बैंकहरुमा १ सय रुपैयाँ लगानी गर्ने लगानीकर्ता औषतमा प्रतिफल ११ रुपैयाँ ३६ पैसा पाउँछन् भन्ने हो ।

चालु आवको पुस मसान्तसम्म सबैभन्दा बढी आरओई एनआइसी एशिया बैंक २६.२५ प्रतिशत र सबैभन्दा थोरै नेपाल बैंकको ६.९३ प्रतिशत छ भने, कृषि विकास बैंकको आरओई ०.७७ प्रतिशत ऋणत्मक छ ।

चालु आवको पुस मसान्तसम्म २० प्रतिशत माथि एनआइसी एशिया र स्ट्याण्डर्ड चार्टर्ड बैंकको २१ प्रतिशत हुँदा राष्ट्रिय वाणिज्यको १७.१५ प्रतिशत, १५.३४ प्रतिशत सानिमाको र १५.०३ एनएमबि बैंकको आरओई छ । बाँकी १७ वटा वाणिज्य बैंकको आरओई १५ प्रतिशतभन्दा थोरै छ । यी मध्येपनि ७ वटा वाणिज्य बैंकको आरओई १० प्रतिशतभन्दा कम छ ।

एभरेष्टले प्रतिफलमा छलाङ्ग मार्दा कृषि विकास बैंकको १०८ प्रतिशतको गिरावट 
गत आवको असार मसान्तमा तत्कालिन नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले प्राप्ति गरेको हो । भने चालु आवको पुस महिनामै तत्कालिन बैंक अफ काठमाण्डू ग्लोबल आइएमई बैंकसँग, सिभिल बैंक हिमालयन बैंकसँग, एनसीसी बैंक कुमारी बैंकसँग र सेञ्चुरी बैंक प्रभु बैंकसँग मर्जर भएर एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

२२ वाणिज्य बैंकमध्ये गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा यस्तो प्रतिफल १२ वटाको घटेको छ भने १० वटाको मात्रै २.८० प्रतिशतदेखि ७१.३८ प्रतिशतले बढेको छ । आइओई बढ्ने बैंकहरुमा भने सबैभन्दा बढी एभरेष्ट बैंकको र सबैभन्दा थोरै एनएमबि बैंकको वृद्धि भएको हो ।
सो अवधिमा १२ वटा वाणिज्य बैंकहरुको आरओई ०.९४ प्रतिशतदेखि १०८.५१ प्रतिशतसम्मले घटेको हो । जसमा सबैभन्दा बढी कृषि विकास बैंक र सबैभन्दा थोरै नबिल बैंकको आरओइ घटेको छ ।

सरोकारवाला भन्छन्ः असार मसान्तसम्म थप घट्छ, विस्तारै लगानी वीथड्र हुन्छ
सामान्यतया कुनै पनि बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताले त्यसको प्रतिफल १५ देखि २० प्रतिशतसम्म पाउने अपेक्षामा लगानी गर्ने बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यान बताउँछन् ।

‘परिसंघको पछिल्लो अध्ययनले पनि बैंक तथा वित्तीय संस्थामा गरिएको लगानी (जस्टिफाई) न्योचित हुनको लागि कम्तीमा १५ प्रतिशत आरओई हुनुपर्छ भनेको छ,’ परिसंघका अध्यक्ष गोल्यानले सिंहदरबारसँग भने, ‘बैंकहरुले मुद्धती निक्षेपमै ११/१२ प्रतिशत ब्याज दिन दिइरहेका छन्, लगानीमा कम्तीमा पनि १५ प्रतिशत प्रतिफल पाइएन भने लगानीकर्ताले बैंकमा किन लगानी गर्ने? जब कि अन्य क्षेत्रमा सोही परिमाणमा लगानी गर्दा दोब्बर प्रतिफल आइरहेको हुन्छ । यस्तै अवस्थामा बैंकबाट लगानी भाग्ने स्थिति आइसक्यो ।’

त्यसैले बैंकबाट लगानीकर्ता पलायन हुने वातावरण सिर्जना हुन नदिन र बैंकको लगानीको सुनिश्चिता गराउन आरओइ बढ्नु आवश्यक छ । जसको लागि राष्ट्र बैंकले उचित नीतिगत सहजिकरण गर्नुपर्ने उनको भनाइ छ ।

संस्थागत लगानीकर्तादेखि सेयरबजारका लगानीकर्ताले समेत आरओईको सुचांश हेरेनै लगानी गर्ने, थप्ने वा झिक्ने भन्ने विषय निर्धारण गर्न थालेका छन् । तर, पछिल्लो समय वाणिज्य बैंकहरुले लगानीको उचित प्रतिफल दिन नसकेको नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला बताउँछन् ।

‘बैंकहरुको नाफा नै घटेको छ भने, कर्जामा प्रोभिजन बढ्दा अहिले आरओई घटेको हो,’ माछापुच्छ्रे बैंकका सीइओ समेत रहेका संघका उपाध्यक्ष कोइरालाले सिंहदरबारसँग भने, ‘कर्जाको साँवा ब्याज उठरहेको छैन भने बैंकहरुले त्यसमा थप प्रोभिजन गर्नु परिरहेको छ । अर्को तिर निक्षेपको खर्च बढी रहेको छ । असार मसान्तसम्म लगानीको प्रतिफल थप घट्न सक्ने सम्भावना छ ।’

असार मसान्तसम्म कर्जा र निक्षेपबीचको अन्तर स्प्रेड ४.४ प्रतिशतबाट ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्दा समेत बैंकहरुको आरओई थप घट्न सक्ने उनको अनुमान हो ।

बैंकको आरओई ११ प्रतिशतको हाराहारीमा हुन भनेको लगानीको उचित प्रतिशत नभएको भन्दै उनले बैंकिङ क्षेत्रले १५ प्रतिशतभन्दा कम प्रतिफल दिए, बैंकिङ क्षेत्रको लगानी अन्य क्षेत्रमा जान सक्ने उनको भनाई छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्