Shikhar Insurance

गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु हुन्छः मन्त्री किराती

सिंहदरबार संवाददाता
२०७९ माघ २२, आईतवार १६:१३
NIMB
Nabil Bank

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताएका छन् ।

गौतमबुद्ध अन्तरर्राष्ट्रिय विमानस्थलको निरीक्षणपछि उनले आफू काठमाडौं पुगेलगत्तै यस विषयमा पहल गर्ने जानकारी दिएका हुन् । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक जहाज किन आएका छैनन् भन्ने विषयमा आफूले छलफल गर्ने र उडान थाल्ने आश्वासन दिलाएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल एयरलाइन्स मात्र नभइ अन्य विमानसेवाको उडानका लागि पनि आफूले पहल गरिरहेको उनको भनाइ थियो । श्रीलङ्का भ्रमणमा रहेका परराष्ट्रमन्त्रीमार्फत कोलम्बो-भैरहवा-कोलम्बो उडानका लागि पनि पहल गरिएको मन्त्री किरातीले जानकारी दिए । प्रधानमन्त्रीको भारत भ्रमणका बेला आइएलएस, रुट परमिट, दिल्ली-भैरहवा उडानलगायत विषयमा भारतको सहयोगसम्बन्धी एजेण्डालाई पहिलो प्राथमिकतामा राखी पहल गरिने उनको भनाइ थियो ।

मन्त्री किरातीले यस विमानस्थल सञ्चालनका लागि कूटनीतिक र प्राविधिक समस्या समाधान गर्ने प्रतिबद्वता व्यक्त गर्दै विमानस्थल सञ्चालनका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने पनि बताए । यस विमानस्थलमा नियमित उडान गरेको जजिरा र हिमालय एयरलायन्सले मौसम खराबीको कारण देखाउँदै गत पुसमा उडान रोकेका थिए । नेपाल र चीनका निजी क्षेत्रको संयुक्त लगानी रहेको हिमालयन एयरलायन्सले गत पुस १ र जजिराले पुस ६ गतेदेखि उडान रोकेका हुन् ।

विमानस्थलमा हालसम्म १५४ अन्तर्राष्ट्रिय उडान र त्यत्तिकै सङ्ख्यामा अवतरण भएका थिए । सो अवधिमा ३२ हजार यात्रुले सेवा लिएको विमानस्थलले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्