Shikhar Insurance

बढ्यो इन्धनको मूल्य, अब पेट्रोल १७८ र डिजेल १७५ रुपैयाँ

सिंहदरबार संवाददाता
२०७९ माघ २३, सोमबार २१:४९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पाेरेशन(आईओसी)ले मूल्य वृद्धि गरेर नयाँ सूचि पठाएपछि निगमले पनि मूल्य वृद्धि गरेको हो । निगमले माघ २३ गते मध्यराति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ३ रुपैयाँका दरले वृद्धि गरेको हो ।

अब पेट्रोलको मूल्य प्रति लिटर १७८ रुपैयाँ पुगेको छ भने मट्टितेल र डिजेको मूल्य प्रति लिटर १७५ रुपैयाँ कायम भएको छ । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै राखेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आईओसीले १ फेब्रुअरीमा पठाएको नयाँ मूल्य सूचिमा पेटोलको मूल्य प्रति लिटर ८.०१ रुपैयाँ, डिजेलमा प्रति लिटर ७.९८ र मट्टितेलमा ४.६१ रुपैयाँ तथा हवाईै इन्धनमा प्रति लिटर ७.८० रुपैयाँले वृद्धि गरिएको थियो । निगमले आईओसीलाई १६ अर्ब ३० करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्