Shikhar Insurance

७६ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि ३ अर्ब माथि

सिंहदरबार संवाददाता
२०७९ माघ २४, मंगलवार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले बढेको छ । पछिल्लो समय सुस्त रहेको नेप्से परिसूचक मंगलबार उच्च अंकले बढेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) मंगलबार ७६.६४ अंक बढेर २,१७७.३४ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १२.८५ अंक बढेर ४१५.०१ को विन्दुमा बन्द्य भएको हो ।

दिनभरीमा २६० कम्पनीको ९३ लाख ३३ हजार ७८८ कित्ता सेयर ३ अर्ब ३६ करोड २२ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात सोमबार नेप्से परिसूचक ४.५७ अंकले बढ्दा १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यस दिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको हो ।

नेप्सेका अनुसार मंगलबार ४ कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । यसदिन बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधि विद्युत कम्पनी र आदर्श लघुवित्तको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको हो । भने मंगलबार कारोबारमा आएका कुनै पनि कम्पनीको सेयर मूल्य घटेको छैन ।

कारोबार रकमको आधारमा एनआइसी एशीया बैंक शीर्ष स्थानमा छ । बैंकको १२ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
त्यस्तै, न्यादी ग्रुप पावरको ११ करोड ३ लाख, अपि पावरको ९ करोड ३९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ३ लाख र हिमालयन डिस्टिलरीको ६ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । बाँकी कम्पानीको ६ करोड रुपैयाँ भन्दा कम सेयर कारोबार भएको छ ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधकि ६.२५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्