Shikhar Insurance

बीमा रकम भुक्तानी नहुँदा अस्पतालको ल्याब तथा फार्मेसी सेवा नै बन्द हुने अवस्थामा

सिंहदरबार संवाददाता
२०७९ माघ २७, शुक्रबार ११:५६
NIMB
Nabil Bank

फुङ्लिङ । जिल्ला अस्पताल ताप्लेजुङमा समयमै स्वास्थ्य बीमाबापतको रकम भुक्तानी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डबाट समयमै बीमादाबी भुक्तानी नगर्दा औषधि तथा अन्य आवश्यक सामग्री खरिद गर्न मुश्किल भएको हो ।

स्वास्थ्य बीमाबापतको ५६ लाख रुपैयाँभन्दा बढी पाउन बाँकी हुँदा जिल्ला अस्पतालको ल्याब तथा फार्मेसी सेवा नै बन्द हुने अवस्थामा पुगेको अस्पताल सञ्चालन समितिका सदस्य सुवास आचार्यले जानकारी दिए । स्वास्थ्य बीमा बोर्डबाट अस्पताल सञ्चालन समितिले पाउनुपर्ने रकम समयमै नपाए अस्पतालले सञ्चालन गरिरहेको फार्मेसी र ल्याब सेवा बन्द हुने उनी बताउँछन् । जिल्ला करारमा जनशक्ति व्यवस्थापन गरेर फार्मेसी र ल्याब सेवा समिति आफैँले सञ्चालन गरिरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

जिल्ला अस्पतालका निमित्त प्रमुख विजया राईका अनुसार बीमाबापत अस्पतालले ५६ लाख ७८ हजार रुपैयाँ पाउन बाँकी छ । आर्थिक वर्ष २०७८/७९ मा ४३ लाख ४५ हजार रुपैयाँ मागदाबी गरिएकामा ५ लाख ४५ हजार रुपैयाँ भुक्तानी भएको छ । चालु आव २०७९/७९ को मागदाबी गरिएमध्येको कत्ति पनि रकम भुक्तानी नभएको अस्पतालले जनाएको छ । राईका अनुसार चालु आवको पुस मसान्तसम्मको १८ लाख ७७ हजार रुपैयाँ स्वास्थ्य बीमाबापतको रकम अस्पताल सञ्चालन समितिले पाउन बाँकी छ ।

समयमै बीमाबापतको रकम भुक्तानी नभएमा स्वास्थ्य बीमा सेवा बन्द गर्ने अवस्थामा पुगेको राईले बताए । उनले भने, “स्वास्थ्य बीमा बोर्डले चाँडै भुक्तानी दिने आश्वासन दिएको छ । समयमै भुक्तानी नभए स्वास्थ्य सेवा प्रभावित हुन्छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्