Shikhar Insurance

बरिष्ठ बन्ने दौडमा रहेका चारै जनालाई चन्द्र ढकालले भने-सबैलाई पालैपालो अध्यक्ष बनाउँछु

सिंहदरबार संवाददाता
२०७९ माघ २८, शनिबार १३:२१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका चार जना आंकक्षीलाई मिल्न आग्रह गरेका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले वरिष्ठ उपाध्यक्ष नै अर्को पटक स्वतः अध्यक्ष रहने विधानमा व्यवस्था भएकाले आफू अध्यक्ष हुँदा विधान संशोधन गरेर सवैलाई मिलाउन पहल गर्ने पनि बताए ।

उनले भने, ‘अहिले चार जनाले वरिष्ठ उपाध्यक्षमा दावी गर्नुभएको छ, म अध्यक्ष भएपछि विधान संशोधन गरेर कार्यकाल २–२ वर्षको बनाउन पहल गर्छु, अहिले मिलेर एक–एक जना आउनु भयो भने सवै अध्यक्ष भएर जाने वातावरण बन्छ । अहिले चारै जना चुनाव लड्दा ३ जना रिङ आउट हुने पक्का छ । त्यसैले सबै मिलेर उद्योग वाणिज्य महासंघलाई एकताबद्ध बनाउन पहल गर्नुपर्छ ।’

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्