Shikhar Insurance

ग्लोबल आइएमई बैंककाे ११.२५ प्रतिशत ब्याजमा ऋणपत्र बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०७९ माघ २९, आईतवार १०:४३
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले आज (माघ २९ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४र८५’ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । जसमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ।

Citizen Life
Kumar Bank
Nepal Life

सामुहिक लगानी कोषलाई १ लाख इकाई ऋणपत्र छुट्याएको थियो । सो मध्ये ७० हजार इकाई लागि मात्रै आवेदन परेको थियो । बाँकी रहेको ३० हजार इकाई सहित १९ लाख ३० हजार इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्रको निष्काशन बन्द छिटोमा फागुन ३ गते हुनेछ भने ढिलोमा फागुन १४ गते हुनेछ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्