Shikhar Insurance

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज हुने, स्वाप रेसिया एक बराबर

सिंहदरबार संवाददाता
२०७९ माघ २९, आईतवार ११:४१
NIMB
Nabil Bank

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एकआपसमा गाभ्ने/गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षको उपस्थितिमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षहरूहरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतामा आईजीआईका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेलज्यू र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरे ।

नेपाल बीमा प्राधिकारणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढदै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भै दिर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उदेश्यले एक आपसमा गाभ्ने÷गाभिने सहमति सहित प्रारम्भिक सम्झौता गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात वन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डीडीएका आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात एक बराबर एक कित्ताको अनुपातमा रहनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्