Shikhar Insurance

सिभिल गाभेर हिमालयनले थाल्यो एकिकृत कारोबार, कर्मचारी व्यवस्थापन ‘चुनौतीपूर्ण’

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १२, शुक्रबार १४:०६
NIMB
Nabil Bank

काठमाडौं । लामो रस्साकस्सीपछि सिभिल बैंकलाई आफुमा समाहित गर्दै हिमालयन बैंकले एकिकृत कारोबार आरम्भ गरेको छ । बैंककै केन्द्रिय तलामा आयोजीत एकिकृत कारोबार आरम्भ समारोहमा दुबै बैंकका सञ्चालकहरु एउटै ड्रेस कोडमा उपस्थित भएका थिए । हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले दिप प्रज्वलन गर्दै एकिकृत कारोबार आरम्भ भएको घोषणा गरे । कार्यक्रममा सिमित मात्रामा उपल्लो तहका कर्मचारीहरुको मात्रै उपस्थिति थियो ।

कर्मचारीलाई एकता र मनोबलमा ध्यान जाओसः पाण्डे
एकिकृत कारोबार आरम्भ समारोहलाई सम्बोधन गर्दै सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले दुबै बैंकका कर्मचरीहरुको मनोवैज्ञानिक एकतामा ध्यान दिनुपर्ने बताए । उनले बैंक अझै बलियो र सबल बन्ने तर मर्जरपछि दुबै बैंकका कर्मचारीहरुको मनोविज्ञानको उचित कदर हुनुपर्ने धारणा राखेका हुन् । सिभिल बैंकको उपल्लो तहका आधा दर्जन कर्मचारीले स्वेच्छिक अवकास लिएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

पाण्डेले भने–सिभिलको योङ एण्ड इनर्जेटिक टिम र हिमालयनको परिपक्क कर्मचारीहरुको टिमले बैंकलाई अझै सबल र शसक्त बनाउनेछ, कर्मचारीहरुको हित र व्यवस्थापन तथा समान मनोविज्ञन निर्माणका लागि बिशेष ध्यान दिनु होला ।’ उनले मर्जर तथा प्राप्तिबाट कर्मचारीहरुको पनि हित हुनुपर्नेमा जोड दिएका हुन् ।

थप शसक्त र बलियो बैंक बन्नेछौंः अध्यक्ष श्रेष्ठ
हिमालयन बैंकका अध्यक्ष प्रचण्डमान श्रेष्ठले सिभिल बैंकको प्राप्तिसँगै अब हिमालयन बैंक थप शसक्त र बलियो बन्ने बताए । ‘हामी पहिलो नै पनि बलियो बैंकका रुपमा थियौं, अब सिभिल थपिएको छ, यसले हामीलाई अझै शसक्त र प्रभावशाली बैंकका रुपमा स्थापित गर्नेछ’, अध्यक्ष श्रेष्ठले भने । अध्यक्ष श्रेष्ठले देश विकासको आर्थिक अवस्था एंव प्राप्तिपछि प्राप्त हुने बजार विस्तारको सम्भावना तथा लगानीयोग्य वातावरणलाई ध्यानमा राखेर बैंकको बृहत्तर दिगोपन र शसक्तताका लागि बाटो खुलेको पनि बताए ।

टप बैंक बन्दैछौंः सिईओ राणा
एकिकृत कारोबार सुभारम्भ समारोहलाई सम्बोधन गर्दै हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) अशोक राणाले अब टप बैंक बन्ने बताए । बैंक निक्षेपमा सातौं नम्बर, कर्जामा छैठौं नम्बर, सम्पतिमा ७ औं नम्बर र अन्य अधिकांश सूचकहरुमा बैंक टप फाइभभित्रै आईसकेको उनले बताए ।

सिईओ राणाले लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल र ग्राहकलाई समय सापेक्ष प्रविधियुक्त सेवा प्रदान गर्ने बताए । हिमालयन बैंक देशकै उत्कृष्ठ, सबल तथा ठूलो संस्था बनेको पनि सिईओ राणाको दावी थियो ।

बैंकको अधिकृत पुँजी २६ अर्ब, जारी पुँजी २१.६५ अर्ब, कुल पुँजी ३४ अर्ब र कुल सम्पति ३३४ अर्ब रुपैयाँ रहेको छ । २ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप र २ खर्ब ५० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको शाखा संख्या १८९, २० वटा एक्सटेन्सन काउण्टर,२६३ वटा एटिएमहरु सञ्चालनमा छन् । बैंकमा १९७३ जना कर्मचारी कार्यरत रहेका छन् । सिभिललाई हिमालयनले १००ः८०.२८ सेयर अनुपातमा प्राप्ति गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्