Shikhar Insurance

फेरी अर्थमन्त्री बन्दै जनार्दन शर्मा, गठबन्धन ब्युताएकोमा पुरस्कृत हुँदै

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन १२, शुक्रबार २१:३४
NIMB
Nabil Bank

काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारीसहित जनार्दन शर्मा पुनः सिंहदरबार प्रवेश गर्ने भएका छन् । निर्वाचन अघिको गठबन्धन ब्युताउन भूमिका खेलेको भन्दै शर्मालाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिन प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेर बहादुर देउवा सहमत भएका हुन् ।

स्रोतका अनुसार शर्माले अर्थम मन्त्रालय लिएपछि काँग्रेसले गृह, भौतिक पूर्वाधार तथा उर्जा जस्ता ठूला मन्त्रालय सम्हाल्नेछ । एकिकृत समाजवादीले उद्योग बाणिज्य तथा आपूर्ति, कृषि लगायतका मन्त्रालयको जिम्मेवारी पाउनेछ । पुरानो गठबन्धन ब्युताए वापत शर्मालाई पुरस्कृत गर्न लागिएको स्रोतले बतायो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसो त प्रचण्डपछि माओवादी पार्टीकै नेतृत्व गर्ने व्यक्तिका रुपमा शर्मालाई हेरिन्छ । स्रोत साधनको परिचालन र संगठनमा पकडका हिसाबले शर्मालाई नै माओवादीको भावी नेताका रुपमा लिइन्छ । अर्थमन्त्रीका रुपमा बजेट निर्माणमा विवाद उब्जिएपछि उनीमाथि संसदीय समिति बनाएर छानबिन गरिएको थियो । संसदीय समितिको छानबिन अवधीभर राजीनामा दिएर बसेका शर्माले क्लिनचिट लिएर पुनः मन्त्रालय सम्हालेका थिए ।

चुनावी गठबन्धन भत्किएर एमाले–माओवादीको सरकार बनेपछि उनी सत्ता बाहिर थिए । सत्ताका माहिर खेलाडी मानिएका शर्माले पुनः अर्थमन्त्री बनेर यस अघि लागेका सबै आरोपहरुको जवाफ दिने योजना बनाएको स्रोत बताउँछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्