Shikhar Insurance

देशकाे आर्थिक संकट सुधार हुँदै, एक महिनामै शोधनान्तर बचत ३६ अर्ब ११ करोडले बढ्यो

सिंहदरबार संवाददाता
२०७९ फाल्गुन २८, आईतवार १३:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपालको बिग्रिन्दो आर्थिक स्थितिमा सुधार हुँदै भएको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले देखाएको छ । एक महिनामै मुलकको शोधनान्तर बचत ३६ अर्ब ११ करोडले वृद्धि भएको हो ।

गत पुस महिनासम्म नेपालको भुक्तानी संतुलन अर्थात् शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँ बचतमा रहेको थियो । जुन माघ महिनामा आइपुग्दा १ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकद्वारा सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले देखाएको हो । गत आवको सोही अवधिमा देशको शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

शोधनान्तर स्थितिले मुलुक भित्रिने र बाहिरीने मुद्राको स्थितिलाई जनाउँछ भने, यसको तथ्यांकले सम्बन्धित देशको मुद्राको र वित्तीय आर्थिक अवस्थाको चित्रणसँगै संलुलित शोधनान्तर स्थितिले देशको वित्तीय तथा व्यापारिक नीति निर्धाण गर्न सरकारलाई सहयोग समेत गर्छ । यसलाई प्रभाव पर्ने मुख्य तत्व भनेकै आफ्नो देशले विश्वका अन्य देशसँग गर्ने आयात निर्यात अर्थात् अन्तर्राष्ट्रिय व्यापार नै हो ।

कुनै पनि देशको शोधनान्तर स्थितिलाई त्यसदेशको चालू खाता, पुँजीगत खाता र वित्तीय खाताको स्थितिले प्रभाव गर्छ । चालु आवको ७ महिनामा नेपालको चालु खात २९ अर्ब ४७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३५२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।

साथै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९.१ प्रतिशतले कमी आई ४ अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्