Shikhar Insurance

एक दशक वैदेशिक रोजगारीमा बिताएका ध्रुव च्याउखेतीमा आकर्षित, वार्षिक १० करोड कारोबार

सिंहदरबार संवाददाता
२०७९ चैत्र १, बुधबार १३:५९
NIMB
Nabil Bank

सर्लाही । बागमती नगरपालिका १० का स्थानीय ध्रुव चौलागाईले च्याउखेती सुरु गरेको १० वर्ष भयो । विभिन्न देशमा गरी एक दशक वैदेशिक रोजगारीमा बिताएका उनी तराईका जिल्लाबाट ठूलो परिमाणमा गोलभेँडा र च्याउ काठमाडौं ढुवानी भइरहेको देखेपछि आफू त्यसतर्फ आकर्षित भएका हुन् ।

काठमाडौं उपत्यकामा च्याउ र गोलभेँडाको राम्रो मागदेखि पनि तत्कालीन समयमा १ लाख रुपैयाँ लगानीमा उनले ध्रुव कृषि फर्म प्रालि दर्ता गरी च्याउखेती सुरु गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

“जब मैले तराईका जिल्लाबाट ठूलो मात्रामा गोलभेँडा र च्याउ काठमाडौं लैजाँदै गरेको देखेँ तब यो सोच पलाएको थियो”, उनले भने, “त्यसपछि यो खेतीमा राम्रो सम्भावना छ देखेरै विदेशको जागिर छाडेर यसैमा सक्रिय भएको हुँ ।”

१ लाख रुपैयाँ लगानीमा १ सय ५० पोका च्याउबाट सुरु भएको व्यवसायमा हालसम्म ११ करोड भइसकेको छ भने १७ जनाले रोजगारी पनि पाएका छन् । उनले हाल अहिले एक बिघा जमिनमा ठूला आठ वटा अत्याधुनिक टनेलका बताएका छन् । फर्ममा उत्पादित च्याउको थोक बिक्रीबाट वार्षिक १० करोड रुपैयाँसम्म कारोबार गरेको उनको भनाइ छ ।

व्यवसायमा आमा, बुबा, श्रीमति र छोराको राम्रो साथ पाएका उनले कोरोना महामारीको समयमा विद्युत् सर्ट भएर फर्ममा आगलागी भइ क्षति हुँदा करिब ९ करोड रुपैयाँ ऋण लागेको बताए ।

कक्षा १२ सम्मको अध्यायन गरेका चौलागाईं बिहानदेखि रातिसम्म फर्ममा कर्माचारीसँगै खटिन्छन्। “च्याउबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पुर्याउनसपर्छ”, उनले भने, “फर्ममा कन्या र गोब्रे च्याउ उत्पादन भइरहेको छ ।”

हाल फर्ममा कन्या, गोब्रे, सिताके, ज्ञानडोर्न र पत्याको लगायतका च्याउका जातको बिउ उत्पादन गर्नुका साथै कम्पोष्ट बनाउने पनि काम भइरहेको जानकारी दिए । यहाँ उत्पादन हुने च्याउ स्थानीय बजारका साथै मकवानपुर, चितवन र काठमाडौंलगायतका बजारमा पुग्ने गरेको चौलागाईंको भनाइ छ । उनले च्याउ हाल प्रतिकिलो ३ सय ५० का दरले बिक्री गर्दै आएका छन् ।

७ जनालाई आवासीय जागिर

चौलागाईंले प्राविधिक शिक्षा तथा व्यावासायीक तालिम परिषद् (सिटिइभिटी)बाट तालिम लिएका छन्। उनले तनहुँका २ जना र बुटवलका ५ जना गरी ७ जनालाई आवासीय जागिर पनि दिएका छन् ।

फर्म हेरचाहदेखि च्याउका लागि कच्चापदार्थ तयार गर्ने, बिउ उत्पादन गर्ने लगायतका काम गर्नुपर्छ । यो बाहेक आवश्यकता अनुसार अन्य काम गर्न स्थानीय १० जनालाई पनि फार्ममा राखेका छन् । आफू, श्रीमती, छोरा र आमाबुबाका साथै १७ जना मजदुर गरी २३ जनाले निरन्तर फर्ममा काम गरिरहेका छन् ।

उनले आफू यतिबेला उत्पादन वृद्धि गर्दै बजारीकरण बढाउने प्रयासमा छन् । सुरुमा बागमती नगरपालिकाले १० लाख रुपैयाँ अनुदान दिएको र त्यसपछि कही कतैबाट आफूले सहयोग नपाएको चौलागाईंले सुनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्