Shikhar Insurance

राष्ट्र बैंकले दियो ४ वटा लघुवित्तलाई मर्जरको सैद्दान्तिक स्वीकृति, क-कसले पाए?

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३, शुक्रबार ११:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्तिको सैद्दान्तिक स्वीकृति दिएको छ । केन्द्रीय बैंकले स्वरोजगार र समता लघुवित्तसँगै विजय लघुवित्त र नयाँ सारथी लघुवित्तलाई पनि मर्जरको सैद्दान्तिक स्वीकृति दिएको हो ।

विजया र नयाँ सारथी लघुवित्तले गत मंसिर २७ गते आपसमा मर्जरको सम्झौता गरी स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएका थिए । साथै स्वरोजगार र समता लघुवित्त पनि पुन १८ गते मर्जरको सम्झौता गरि राष्ट्र बैंकमा आवेदन दिएका थिए । यी ४ वटै संस्थालाई राष्ट्र बैंकको फागुन २८ गते बसेको संचालक समितिको बैंठकले सैद्दान्तिक स्वीकृति प्रदान गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

विजय लघुवित्तको गैंडाकोट नवलपरासीमा केन्द्रीय कार्यालय र नयाँ सारथी लघुवित्तको दमौली तनहुँमा केन्द्रीय कार्यालय रहेको छ । साथै, बनेपामा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र बनेपामै केन्द्रीय कार्यालय रहेको स्वरोजगार लघुवित्त एक हुन लागेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्