Shikhar Insurance

विकास बैंकर्स संघको अध्यक्षमा सुयोग श्रेष्ठ, नयाँ कार्यसमितिमा को-को?

सिंहदरबार संवाददाता
२०७९ चैत्र ३, शुक्रबार १६:१०
NIMB
Nabil Bank

काठमाडौं । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ निर्वाचित भएका छन् । संघको १७ औं वार्षिक साधारण सभाले श्रेष्ठलाई सर्वसम्मतीबाट निर्वाचित गरेको हो ।

चैत ३ गते शुक्रबारको चितवनमा सम्पन्न संघको सभाले श्रेष्ठको अध्यक्ष नयाँ कार्य समितिका पदाधिकारीहरु चयन गरेको छ । जसमा संघको उपाध्यक्षमा पमहालक्ष्मी बिकास बैंकका सिइओ बोधराज देवकोटा, सचिवमा सिन्धु बिकास बैंकका सिइओ राम कुमार गिरी, कोषाध्यक्षमा  लुम्विनी विकास बैंक सिइओ नरेश सिंह बोहरा निर्वाचित भएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, कार्य समिती सदस्यहरुमासाइन रेसुंगा डेभलपमेण्ट बैंकका सिइओ प्रकाश पौडेल, ज्योति विकास बैंकका सिइओ श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेण्ट बैंकका सिइओ डा. इन्द्र कट्टेल नियुक्त भएका छन् ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुको सपथ ग्रहण समेत सम्पन्न भइसकेको छ । एशोसियसनको १७ औं वार्षिक साधारण सभाले आ.व. २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०७९/०८० को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

सभामा संघका निवर्तमान अध्यक्ष प्रद्युमन पोखरेलले कोभिड १९, रुस युक्रेन युद्घ, बढ्दो मुद्रास्फिति लगाएतका कारणले अहिले बैंकिङ् क्षेत्रलाई निकै नै अप्ठ्यारो अबस्थाबाट गुज्रिरहेको बताए ।  तथापि, सबै सदस्य बैंकहरुलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन अनुरोनवनिर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले आफुलाई अध्यक्ष पदमा निर्वाचित गर्नु भएको धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाए। आजका बिकास बैंकहरु व्यसायका दृष्टिकोणबाट हिजोका बाणिज्य बैंकहरु जस्तै हुन् । ९० वटा बिकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका बिकास बैंकहरुको उपलब्धि हो । त्यसैले अझ राम्रो गर्नका लागि संगै सहकार्य गरौ भन्दै वहांले सबै प्रमुख कार्यकारी अधिकृतहरुलाई अनुरोध गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्