Shikhar Insurance

स्ववियु निर्वाचनमा कस्तो छ पुल्चोक इञ्जिनियरिङ क्याम्पसको माहोल ?

सिंहदरबार संवाददाता
२०७९ चैत्र ४, शनिबार २०:२२
NIMB
Nabil Bank

काठमाडौं । देशभर स्ववियू निर्वाचनको लहर चलिरहँदा त्रिवि अन्तर्गत इञ्जिनियरिङ अध्ययन संस्थानको केन्द्रीय क्याम्पसमा पनि माहोल निक्कै चर्को देखिन्छ । यस पटकको निर्वाचनमा कुल ७ सभापतिको उम्मेदवार छन् । अनेरास्ववियु (क्रान्तिकारी) का तर्फबाट अजय मण्डल जो नेपाल तराई विद्यार्थी संगठनका सक्रिय सदस्य पनि हुन् । उनी यस अघि सक्रिय विद्यार्थी राजनीतिमा नदेखिए पनि आफ्ना साथीभाई माझ निक्कै भिजेका विद्यार्थी मानिन्छन् । उनको उम्मेदवाररीमा खासै केही विवाद देखिदैन । २०७३ सालमा पनि अनेरास्ववियु (क्रान्तिकारी) का रोशन मगरले सभापतिमा बाजी मरेका थिए ।

अनेरास्ववियुका तर्फबाट उठेका बिराज अर्याल अनेरास्ववियु क्याम्पस इकाई अध्यक्ष पनि हुन् । हाल केही दिन यता उनी आफ्नो पारिवारिक पृष्ठभूमिका कारण विवाादित देखिन्छन् । उनका बुवा रामेश्वर अर्याल केएमसी ग्रुपका मालिक हुनुका साथै उनको आफ्नै २–३ वटा निजी इञ्जिनियरिङ क्याम्पस पनि रहेका छन् । हुन त बिभिन्न कुरामा आफ्नो आवाज उठाउँदै आएका बिराज इञ्जिनियरिङ अध्ययन संस्थानले प्रवेश परिक्षाको पास मार्क २७ प्रतिशतमा झर्दा मौन रहेका थिए । बाहिरबाट हेर्दा यो खास्सै ठुलो कुरा जस्तो नदेखिएपनि केन्द्रीय क्याम्पसका स्ववियू सभापतिको डीन कार्यालयमा अलिक बढी हस्तक्षेप हुने हुँदा यसको सिधा फाइदा उनका बुवाले लिन सक्ने मानिन्छ । उनी स्ववियू सभापति भए भने डीन कार्यालयले निजी क्याम्पसका हितमा ल्याउन खोजेका केही प्रस्तावहरु बिरुद्ध उनि आवाज उठाउन नसक्ने हुन की भन्ने डर छाएको देखिन्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल विद्यार्थी संघ इकाइमा भने यस पटक फेरी विवाद देखिएको छ । विद्यार्थीहरु आफै दुई धारमा छुट्टिएका हुनाले शंकर पन्थीले अधिकारिक टिकट पाएका छन भने यस लगत्तै इकाई सभापति रमेश के सीले राजिनामा दिएका छन् । शंकर आफ्ना विभागमा लोकप्रिय छन् र आफुले जित्ने कुरामा बिश्वस्त देखिन्छन् । यद्यपी केही महिना यता आफ्नै इकाई भित्रकै विवादमा तेस्रो सेमेस्टरका आदित्य दुबेदीलाई उनीले आफ्नै नवौ सेमेस्टरका साथी युगान्तर पौडेल लगायतका टोलिसंग मिलेर कुटपिट गरेको खबर फैलिएको थियो ।

त्यसैगरि नेपाल विद्यार्थी संघका प्यानलसंग असंन्तुष्ट समुहका तर्फ बाट भने शंकर पन्थिकै समकक्षी युरिका वनले बागी उमेदवारी दिएकी छिन् । उनले पुल्चोक गर्ल्सकी प्रमुख भएर पनि काम गरेकी छिन् भने कहिले निर्मला पन्तका लागि आवाज उठाउँदै माइतीघर मण्डलामा पनि देखिएकी थिइन् । उनी पुल्चोककी महिला प्रतिनिधि हुन् । बागी उम्मेदवार भएका कारण उनको जितको सम्भावना भने अलिक कम देखिन्छ र उनलाई आफ्नै संगठनको पनि सहयोग देखिदैन ।

नेकपा एस निकट अनेरास्ववियूका तर्फबाट स्वयम् ढकालले उमेदवारी दिएका छन् । उनी संगीत प्रेमी विद्यार्थी माझ निकै चर्चित हुनुका साथै विभिन्न कार्यक्रमहरुमा सांगीतिक प्रस्तुति दिएका कारण लोकप्रिय छन । उनी हाल पुल्चोक सांगीतिक समाजका प्रमुख पनि हुन् र उनले आफ्नै पहलमा बिगतमा विभिन्न विद्यार्थीका हक हितका लागि आवाज उठाउनुका साथै कार्यक्रमहरु संचालन गरेका थिए ।
जनमत पार्टीको भात्रृ संगठन विद्यार्थी जनमत युनीयनका तर्फबाट उम्मेदबारी दिएका सुमित कुमार यादवले भने रहस्यमय ढंगले निर्वाचनको मुखमा आई अनेरास्ववियु (क्रान्तिकारी) लाई समर्थन गर्ने निर्णय लिएका छन । यस बाहेक तेस्रो बर्षका नबिन खनालले स्वतन्त्र उमेदवारी दिएकाछन ।
यस पटक पुल्चोकको स्ववियू निर्वाचनमा कनफ्लिक्ट अफ इन्ट्रेस्ट देखिने व्यापारीका छोरा देखि ४–५ वर्ष देखि आफुलाई पुल्चोकको राजनीतिमा भिजाएका विद्यार्थीका प्रतिनिधिको उमेदवारी देखिन्छ । देशकै सबै भन्दा होनहार एंव बौद्धिक विद्यार्थी रहेका यस क्याम्पसमा कसले नेतृत्व लिने हो भन्ने सबैको चासोको बिषय बनेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्