Shikhar Insurance

सेयर बजार दोहोरो अंकको गिरावट, कारोबार रकम भने केहि सुधार

सिंहदरबार संवाददाता
२०७९ चैत्र ८, बुधबार १५:२७
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजार दोहोारो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार १५.७६ अंकले घटेर १,९३३.२९ को विन्दुमा बन्द भएको हो ।

त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.३२ अंकले घटेर ३६३.९० को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

दिनभरीमा २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन अर्थात सोमबार नेप्से परिसूचक २२.६५ अंकले बढ्दा १ अर्ब २९ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने केहि सुधार देखिएको छ ।

कारोबारमा आएको ३८ कम्पनीको सेयर मूल्य बढेको छ । १६६ कम्पनीको घटेको छ। भने, १० कम्पनीको सयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आज माया खोला हाइड्रोपावर कम्पनीको सयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै, सपोट माइक्रोफाइनान्सको ६.११ प्रतिशत र एनएमबी ५० को मूल्य ५.७१ प्रतिशतले बढेको छ । भने बाँकी कम्पनीको सेयर मूल्य ६ प्रतिशथ भन्दा कमले बढेको हो । यसदिन बोर्टल्स नेपाल (तराई)को सेयर मूल्य सबैभन्दा बढी ७.६२ प्रतिशतले घटेको छ ।

बुधबार कारोबार रकमको आधारमा नेपाल लाइफ यन्स्यारेन्स शीर्ष स्थानमा छ । कम्पनीको ९ करोड १९ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको हो ।

साथै, एनआइसी एशिया बैंकको ८ करोड २४ लाख, हिमालयन डिस्टिलरीको ४ करोड ५० लाख, नबील बैंकको ३ करोड ६३ लाख र शिवम् सिमेन्टको घ करोड ५५ लाख रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

यसदिन १३ वटै समूहगत उपसूचकहरु घटेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्