Shikhar Insurance

सानिमा रिलायन्सको एकिकृत कारोबर आजबाट, यस्तो बन्दैछ कम्पनी

सिंहदरबार संवाददाता
२०७९ चैत्र ९, बिहीबार ०८:५०
NIMB
Nabil Bank

काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर भएर आजबाट एकिकृत कारोबार थाल्दैछन् । दुई कम्पनीले मर्जरपछि सानिमा रिलायन्सको नामबाट एकिकृत कारोबार आरम्भ गर्न लागेका हुन् ।

मर्जरका लागि दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । एक बराबर एकको स्वाप रेसियोमा मर्जर भएका दुबै कम्पनीको फागुन १२ गतेको साधारणसभाले मर्जरको प्रस्ताव पास गरेको थियो । रित गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल रिलायन्स लाइफको चुक्ता पूँजी २ अर्ब १० करोड र सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपैयाँ रहेको छ । मर्जरपछि एकिकृत कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ पुग्नेछ । एकिकृत कम्पनीमा कर्मचारीको संख्या ५५० पुग्नेछ भने शाखा सञ्जाल १७५ वटा पुगेको छ ।

चालु आवको पुस मसान्तसम्ममा सानिमा लाइफको जगेडा कोषमा ३५ करोड ९० लाख ३ हजार रुपैयाँ संचित रहेको छ भने यता रिलायन्स लाइफको जगेडा कोषमा ३९ करोड ९४ लाख १२ हजार रुपैयाँ संचित रहेको छ ।
दुबै कम्पनीबीच एक आपसमा गाभिई बन्ने कम्पनीको जगेडा कोषमा अब कुल ७५ करोड ८४ लाख १५ हजार रुपैयाँ संचित हुनेछ ।

रिलायन्स लाइफ इन्स्योरेन्सले जीवन बीमा कोषमा ४ अर्ब २५ करोड ३३ लाख ४९ हजार रुपैयाँ छ भने सानिमा लाइफको त्यस्तो कोष ४ अर्ब ८ करोड ५३ लाख ९५ हजार रुपैयाँको छ । सानिमा रिलायन्स लाइफको जीवन बीमा कोषमा ८ अर्ब ३३ करोड ८७ लाख ४४ हजार रुपैयाँ संचित रहनेछ

GBIME

प्रतिक्रिया दिनुहोस्