Shikhar Insurance

सिद्धार्थ बैंकको १ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०७९ चैत्र १४, मंगलवार ११:११
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ बैंकका २ जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख १४ हजार ८१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले संस्थापक सेयरधनी बिनोद कुमार खेतानको नाममा रहेको १ लाख ४ हजार ८१३ कित्ता र सुधा अग्रवालको नाममा रहेको १० हजार कित्ता सेयर बिक्रीम ल्याएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयरको मूल्य भने तोकीएको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत १४ गते) गतेदेखि ३५ दिन भित्र आवेदन दिन सक्ने बताइएको छ । आवेदनको लागि बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौं, कम्पनीको सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नु पर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुल्ला गरिने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्