Shikhar Insurance

अमेरिकाबाट अर्थशास्त्रमा पीएचडी गरेका डा. महतलाई संकटग्रस्त अर्थतन्त्र सम्हाल्ने जिम्मा

सिंहदरबार संवाददाता
२०७९ चैत्र १६, बिहीबार ०७:५८
NIMB
Nabil Bank

काठमाडौं । प्रचण्ड सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतले पाउने पक्का भैसककेको छ । छिनभरमै महोल नबिग्रिए आजै मन्त्रिपरिषद विस्तार हुनेछ र डा. महतले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनेछन् । अर्थतन्त्र बुझेको व्यक्तिलाई अर्थमन्त्री बनाउँनुपर्छ भन्ने आवाज चर्काे छ ।

काँग्रेसबाट अहिले सांसद रहेका नेताहरुमध्ये अर्थशास्त्रमै पीएचडी गरेका उनै डा. महत र डा. नारायण खड्का मात्रै छन् । सुरुमा केहि दिन डा. खड्काको नाम पनि अर्थमन्त्रीका रुपमा चर्चामा आएको थियो तर पछि डा. महतको नामले बढि महत्व पायो । डा. खड्काले भारतको पुणे विश्वविद्यालयबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

डा. महतले भने अमेरिकाको ‘साउदर्न इलिनोइस युनिभर्सीटी’बाट पीएचडी गरेका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमै स्नातकोत्तर उतिर्ण गरेका छन् । अमेरिकामा अर्थशास्त्र पढेका डा.महतको काँधमा अब संकट उन्मुख अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी आईलाग्दैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्